उचाइ बढाउन सम्भव छ ? जानौं (भिडियो सहित)



Download our app to get more features

नेपालमा होचो कदका मानिस धेरै छन् । कद होचो हुनुलाई कतिपयले नकारात्मक दृष्टिले पनि हेर्ने गर्छन । यो गलत हो । कोही व्यक्ति होचो वा अग्लो हुँदैमा उसलाई फरक दृष्टिले हेर्नु अपराध पनि हो । 

मानिसको कद किन होचो हुन्छ ? यस्ता व्यक्तिको उचाइ बढाउन सकिन्छ की सकिदैन भन्ने विषयमा मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. नरेश पराजुलीको भनाइ यस्तो छ । 

उमेरको हिसाबले जति उचाई हुनुपर्ने हो सो भन्दा कम हुनुलाई होचो कद भनिन्छ । सामान्यतया बच्चा जन्मने बेलामा ५० सेन्टिमिटरको हुन्छ भने एक वर्ष पुग्दा ७५ सेन्टिमिटरको हुन्छ । १७, १८ वर्ष उमेरसम्म प्रत्येक वर्ष ७ देखि ८ सेन्टिमिटरले वृद्धि हुन्छ ।

 १७, १८ वर्षसम्म मात्रै प्रायको हड्डी वृद्धि हुन्छ । धेर उचाई बढ्ने उमेर भनेको केटीमा महिनावारी सुरु हुने अघिल्लो दुई वर्ष र महिनावारी भएको दुई वर्षपछिसम्म हुन्छ ।

यो अवस्थामा १० देखि १४ सेन्टिमिटरसम्म केटीहरुको उच्चाइ बढ्छ  भने केटामा पनि यौन परिपक्वताको लक्षण देखा पर्ने वा दाह्री जुँगा आउने उमेर १२ देखि १४ बर्षमा बढी उचाई बढ्छ । यो अवस्थामा सामान्यतया १० देखि १४ सेन्टिमिटरसम्म केटाहरुको उच्चाई बढ्छ । 

होचो कद हुने कारण
मानिस होचोकदको हुने कारण धेरै छन् । त्यसमा विशेषतः निम्न कारण छन् 

 

वंशाणुगत गुण । 
 

हर्मोनको कमी ।
 

गर्भावस्थामा गर्भवतीको स्वास्थमा खराबी आउनु । 

 उमेर नपुगी बच्चा जन्मनु । 

बच्चाहरुमा सन्तुलित आहारको कमी ।

मानसिक तनाब ।

यौन विकासमा असन्तुलन (केटीहरुमा महिनावारी छिट्टै वा ढीला हुने, केटाहरुमा छिटो वा ढिलो यौन परिपक्वताका लक्षण देखापर्नु ) ।

उच्चाई बढाउन सम्भव छ ?
 

होचो कद हुने कारण धेरै छन् । यी कारण मध्ये यदि थाइराइड वा वृद्धि गर्ने लगायतका हर्मोनको कमी छ भने वा सन्तुलित आहारको कमी, विभिन्न रोगले उचाइ नबढेको हो भने समयमै उपचार गरे उचाइ बढाउन सकिन्छ ।

तर धेरै ढिला गरेर उपचारमा जाने या वंशाणुगत कारणले होचो कदको भएको छ भने बढाउन सम्भव हुँदैन् । 

होचो कदका आमाबाबुका सन्तान सामान्य कदका हुन सक्छन् ?

सामान्यतया होचो कदका आमाबाबुका सन्तान होचो कदकै हुन्छन् । तर बाबु वा आमा मध्ये एक जना अग्लो भए सन्तान सामान्य कदको हुन सक्छ । यद्यपि, बाबुआमा दुवै होचो कदको भए पनि कहिले काही सामान्य कदका छोराछोरी हुने सम्भावना रहन्छ । 

कसरी बच्ने ?

वंशाणुगत गुणकै कारण होचो कदको भए यसबाट बच्न कुनै उपाय छैन् । तर गर्भावस्था देखिनै पौष्टिक आहारयुक्त सन्तुलित खानपानमा ध्यान दिने, आवश्यत्ता अनुसार स्वास्थ परीक्षण गराउने, बच्चा जन्मिएपछि पनि यसको खानपान, सरसफाई स्वास्थ परीक्षणमा सचेत हुने, कुनै पनि समस्या देखिए वा उमेर अनुसार वृद्धि विकास नभए बेलैमा स्वास्थ परीक्षण गराए होचो कद हुनबाट बच्न र बचाउन सकिन्छ । 

होचो कद हुँदैमा संकुचित धारणाले हेर्नु हुँदैन । । होचो कद भएका मानिसले पनि उदाहरणीय काम गरेका उदाहरण धेरै छन् ।


 

 

प्रस्तुतीः शर्मीला थापा

Last modified on 2019-06-25 15:14:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts