नेपालमा प्रतिघण्टा २१ जनाले गर्छन् असुरक्षित गर्भपतन

४१ प्रतिशत महिलालाई मात्रै गर्भपतनको कानुनी मान्यताबारे जानकारी



Download our app to get more features

काठमाडौं, ८ जेठ ।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्याङअनुसार  विश्वमा प्रति वर्ष करीब ५ करोड ६० लाख महिलाहरुले गर्भपतन गराउँछन् । जसमध्ये  २ करोड ५० लाख महिलाहरुले असुरक्षित गर्भपतन गराउँछन् ।  

असुरक्षित गर्भपतन गराउनेको यो संख्याबाट प्रतिवर्ष ४४ हजार महिलाहरुको मृत्यु हुन्छ र ५० लाख महिलाहरुलाई दीर्घकालिन स्वास्थ्य समस्या हुन्छ । विश्व स्वास्थ्य समास्याका रुपमा रहेको मातृ मृत्युको चार वटा कारणहरुमध्ये असुरक्षित गर्भपतन पनि एउटा कारण रहेको डब्लूएचओले जनाएको छ ।

प्रतिवर्ष ५८ प्रतिशत अवैधानिक गर्भपतन

प्रतिवर्ष नेपालमा करिब ३ लाख २३ हजार महिलाले गर्भपतन गराउँछन् । ती मध्ये ५८ प्रतिशतले अवैधानिक रुपमा गर्भपतन गर्ने गरेका छन् । 

वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) २०१७ अनुसार  नेपालमा सन् २००२ मा गर्भपतनले कानुनी मान्यता प्राप्त गरे पनि हाल प्रत्येक वर्ष  १८६, ००० जना महिलाहरुले कानून विपरित र असुरक्षित तरिकाले गर्भपतन  गर्ने गरेका छन् ।

यसरी गर्भपतन गराउने महिलाहरु मध्ये धेरैजसो अशिक्षित, गरीब, ग्रामीण एवं सेवाको पहुँच नपुगेकाहरु रहेको क्रिपाले जनाएको आइपास नेपाल हेल्थ एसेस राइट्सले बतायो ।

 सुरक्षित गर्भपतन सम्बन्धी संचारकर्मीहरुसँग गरिएको २ दिने  कार्यशाला गोष्ठिमा आइपासले यस्तो जानकारी दिएको हो । 

प्रतिघण्टा २१ महिलाले असुरक्षित गर्भपतन

क्रिपाको २०१४को तथ्याङअनुसार नेपालमा असुरक्षित गर्भपतन प्रति घन्टा २१ महिला तथा किशोरीले गर्दछन् ।

५२० जना महिला तथा किशोरीले प्रति दिन असुरक्षित गर्भपतन गर्ने गरेको तथ्याङकले देखाएको छ ।

त्यसैगरी, १५ हजार पाँच सय १२ महिलाले प्रीत महिना र १ लाख ८६ हजार १ सय ४४ महिला तथा किशोरीले प्रतिवर्ष असुरक्षित गर्भपतन गर्ने गरेको सोही तथ्याङले देखाएको छ ।

मातृ मृत्यु हुनुमा असुरक्षित गर्भपतन एक कारण 

राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्भे (एनडिएचएस) २०१६को अनुसार नेपालमा २००६ देखि २०१६ को अवधिमा मातृ मृत्यु अनुपातमा उल्लेखनीय रुपमा कमी आउन सकेको छैन ।

नेपालमा मातृ मृत्युका कारणहरु मध्ये ७ प्रतिशत असुरक्षित गर्भपतन रहेको एनएमएमएस को तथ्याङले देखाएको छ । 

असुरक्षित गर्भपतनले खर्च धेरै 

असुरक्षित गर्भपतन गर्ने धेरै महिलाहरुलाई जटिलता भएर दुःख झेल्नुको साथै यसको उपचारको लागि व्यक्तिगत र सरकारी स्तरमा धेरै खर्च भइरहेको छ ।

 गुटम्याचर इन्स्च्टियूट, २०१८अनुसार सन् २०१४ मा विकान्सोमूख देशहरुमा असुरक्षित गर्भपतनको कारणले धेरै महिलाहरुलाई जटिलता भएर त्यसको उपचारका लागि युएस डलर २३२ मिलियन खर्च भएको पाइएको छ । 

४१ प्रतिशत महिलालाई मात्रै गर्भपतनको काननुनी मान्यताबारे जानकारी 

एनडिएचएस २०१६को तथ्याङअनुसार नेपालमा परिवार नियोजनको परिपूर्ति मा २४ प्रतिशत र अनिश्चित गर्भ दर १९ प्रतिशत रहेको छ ।

त्यस्तै, ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा थाहा छ । सुरक्षित गर्भपतन सेवा कहाँ उपलब्ध छ भन्ने थहा हुने ४८ प्रतिशत रहेको तथ्याङले देखाएको छ ।

कानूनी मान्यताको ज्ञान नपढेको र आर्थिक अवस्था कमजोर भएका महिलाहरुमा ज्यादै कमी रहेको छ । 

सुरक्षित गर्भपतन महिलाको प्रजनन अधिकार 

सन् १९९४ मा भएको अन्तर्राष्ट्रिय सम्मेलन एवं विभिन्न सम्झौताहरुमा नेपाल सरकाले सुरक्षित गर्भपतनलाई महिलाहरुको प्रजनन अधिकारको रुपमा अक्ङिकृत गरी यसलाई सर्वसुलभ रुपमा उपलब्धता गराउने प्रतिवद्धता जायर गरको छ ।

नेपालको नयाँ संविधानले पनि प्रजनन स्वस्थ्यलाई मौलिक हकको रुपमा उल्लेख गरेको छ । सोहीअनुरुप नेपाल सरकारले सुरक्षित गर्भपतनलाई निःशूल्क गर्ने निति लिइसकेको छ ।

नेपालको संविधान द्वारा प्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धि हकको सम्मान, संरक्षण र परिपूर्ति गर्नका लागि नेपाल सरकारको संघीय संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन पनि पारित भई २०७५ असोज २ मा प्रमाणिकरण भई लागु भइसकेको छ ।

Last modified on 2019-06-25 08:14:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts