भिटामिन डीको कमी भए गम्भीर रोग  (भिडियोसहित) 



Download our app to get more features

 

भिटामिन डी शरीरको लागि अति महत्वपूर्ण तत्व हो । भिटामिन डीको कमीले उच्च रक्तचाप, डिप्रेसनदेखि विभिन्न रोग लाग्न सक्छ ।

भिटामिन डि के हो ?

शरीरमा भिटामिन डीको कमीले के कस्ता रोग लाग्छन् र यसको आवश्यत्ता किन छ ? भन्ने विषयमा प्राकृतिक चिकित्सक तथा दुखाई विशेषज्ञ डा. शुनिल पौड्यालको सुझाव यस्तो छ:–

शरीमा अति आवश्यक भिटामिन मध्ये भिटामिन डी पनि एक हो । शरीरमा भिटामिन डीको असन्तुलन हुँदा विभिन्न रोग लाग्न सक्छ । पछिल्लो समय भिटामिन डीलाई हर्मोनको रुपामा समेत हेर्न थालिएको छ । 

भिटामिन डीको आवश्यत्ता किन ?
    शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन् ।
    शरीरलाई विभिन्न रोग लाग्नबाट बचाउँछ । 
    क्यान्सर, मुटु रोग, उच्च रक्तचाप लगायतका रोग लाग्नबाट बचाउँछ । 
    शरीरमा स्फूर्ति कायम गराउँछ ।

भिटामिन डी कमी भए लक्षण
    शरीर आलस्य हुुने ।
    काम गर्न मन नलाग्ने ।
   कुनै पनि कुरामा ध्यान एकाग्र नहुने ।
    हड्डी कट्कटी खाने, दुख्नु ।
    खानामा अरुची हुने ।
    तनाव बढ्ने ।
    रोग प्रतिरोधात्मक क्षमताको कमी हुने । 

भिटामिन डी भए यस्ता समस्या 
  हाडजोर्नी दुख्ने, खिइनी । 
  उच्च रक्तचाप ।
  शारीरिक तथा मानसिक थकान ।
  निन्द्रा नलाग्नु ।
  शरीर आलस्य हुने ।
  पार्किन्सन्स ।
  डिमेन्सिया ।
  मधुमेह ।
  मुटुरोग ।
 

लामो समयपछि विभिन्न अंगको क्यान्सर समेत हुने । 

भिटामिन डी कमी हुन नदिने उपाय

भिटामिन डीको मूख्य स्रोत घाम हो ।

दैनिक घाममा एक घण्टा बस्यो भने शरीरलाई आवश्यक पर्ने भिटामिन डी पुग्छ ।

घाममा दैनिक बस्न नसके पनि  कम्तिमा साताको एक पटक विहान १०÷११ बजेतिरको घाममा बस्ने गर्नुपर्छ । औषधिको माध्यमबाट भिटामिन डीको परिपूर्ती गर्नु भन्दा घामबाट प्राप्त गर्नु हरदृष्टिले लाभदायक हुन्छ । 
    
 

Last modified on 2019-06-25 08:14:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts