अन्तराष्ट्रिय दुबी दिवस

के तपाईंलाई सेतो दुबीले सताएको छ ?



Download our app to get more features

के हो सेतो दुबी  ? 

छाला सेतो बनाउने रोगहरु मध्ये सेता दुवीले संसारको ०.५ देखि २ प्रतिशतसम्म मानिसलाई असर गरेको हुन्छ ।

शरीरमा रहने प्रतिरोधात्मक शक्तिले विभिन्न कारणवश छाला कालो बनाउने तत्वलाई नष्ट गरेमा सेतो दुवी हुन्छ । त्यस्तै ३० प्रतिशत रोगीमा वंशानुगत गुण दोषी भएको पाइन्छ । 

दुबी  कसरी चिन्ने ? 

धेरैजसो अवस्थामा दुवी २०–३० वर्षको उमेरभित्र देखिन्छ । यो सुरुको अवस्थामा दूधजस्तो सेतो सानोसानो आकारमा धेरै घर्षण हुने ठाउँ जस्तै फिला, हात, औंला, खुट्टा, कुहिना, घुँडा र गोलीगाँठोमा देखिन्छ । कहिलेकाँही दुवी आएको ठाउँमा कपाल पनि सेतो हुन्छ । यस्तो भएको खण्डमा उपचारको क्रम लम्बिने गर्छ । 

सतो छाला सँधै दुबी  हुने गर्दैन । सेतो कोठी, फुस्रो दुवी (एक प्रकारको फंगस) वंशानुगत गुणले गर्दा हुने सेतो रोग, कुष्ठरोग र छालाको क्यान्सरमा पनि छाला सेता हुने गर्दछ । त्यसैले छाला सेता भएमा चर्मरोग विशेषज्ञको सल्लाह लिन अनिवार्य हुने गर्दछ । 

के सेतो दुवी निको हुन्छ ? 

सेतो दुवी धेरैजसो अवस्थामा उपचार नगरेको खण्डमा बढ्दै जान्छ । सुरुमै सन्चो हुन्छ या हुँदैन भनेर किटान गर्न साह्रै गाह्रो हुन्छ । 

कसरी गरिन्छ दुवीको उपचार ?

सेतो दुबी  एक पटक पहिचान भइसकेको अवस्थामा लगाउने स्टिरोइड नामक औषधिले उपचार गरिन्छ ।

यो बाहेक औषधिले काम नगरेको अवस्थामा लाइटले सेक्ने विधिको प्रयोग गरिन्छ । यस्तो विधि वर्षौंसम्म गर्नुपर्ने हुन्छ । कहिलेकाँही उपचारले काम नगरेको अवस्थामा छालाको प्रत्यारोपण (Grafting) गरेर छालालाई पहिलेको अवस्थामा पुर्याउन सकिन्छ । 

सेतो दुवी हुनेले खानेकुरा बार्नुपर्छ ?

प्रायजसो अवस्थामा सेतो दुबी  खानेकुरासँग सम्बन्धित नभएकाले कुनैपनि खानेकुरा बार्नुपर्ने हुँदैन । चोटपटक लागेको ठाउँमा नयाँ दुबी आउने भएकाले चोटपटकबाट भने सकेसम्म जोगिनुपर्छ । 

Last modified on 2019-06-26 09:38:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts