के गर्भपतनले स्तनको क्यान्सर गराउँछ ?



Download our app to get more features

स्तन क्यान्सर महिलाहरुलाई हुने प्रमुख क्यान्सरहरुमध्ये एक रहेको चिकित्सकहरु बताउँछन् ।

पछिल्लो समय सबै किसिमका क्यान्सर बढेको वरिष्ठ क्यान्सर विशेषज्ञ डा. राजेन्द्र बरालले बताए ।

उनले भने ‘अहिले सबै किसिमको क्यान्सर बढीरहेको छ’, पहिलो स्थानमा पाठेघरको मुखको क्यान्सर र दोस्रोमा स्तनको क्यान्सर रहेको छ ।’

स्तन क्यान्सर विकसित तथा विकासोन्मुख दुबै देशहरुका महिलाहरुलाई प्रभाव पारेको पाइएको छ ।

सन् २०११ म विश्वमा ५०८००० महिलाहरुको मृत्यु स्तन क्यानसरको कारणले मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्याङले देखाएको छ ।

यो रोग पहिला विकसित देशहरुमा धेरै पाइन्थ्यो भने हाल कम विकसित देशहरुमा पनि विस्तारै बढीरहेको तथ्याङकले देखाउँछ ।  

हर्मोनको प्रभावमा महिनावारी चाडो हुने वा ढिलो बन्द हुनाले, पहिलो बच्चा धेरै उमेर पुगेपछि पाउनाले, बढी तौल भएर, रक्सी चुरोटको सेवन, बोसो भएको खाना, बंशानुगत, धेरै परिश्रमम नगर्ने महिलाहरुमा स्तन क्यान्सर बढी भएको डा. बरालले बताए । 

तर, स्तन क्यान्सर गर्भपतनका कारण नहुने डा. बराल बताउँछन् । उनले भने ‘महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर गर्भपतनसँग कुनै सम्बन्ध छैन ।’ 

विश्वको विभिन्न देशहरुमा गरेको धेरै प्रकारका अध्ययन अनुसन्धनहरुले पनि आफैं हुने गर्भपतन र कुनै विधि अपनाएर गर्ने गर्भपतन र पाठेघरको क्यान्सर हुने संभावना बिच कुनै सम्बन्ध नभएको देखाएको छ । 

यो तथ्यलाई विश्व स्वास्थ्य संगठनले सन् २००० मा ‘रोयल कलेज अफ अब्सटेट्रीसीयन एण्ड गोइनोकोलीष्ट’ ले पनि सन् २००५ मा पूष्टि गरेको छ ।

यो विषयमा थप छलफल गर्न सन् २००३ मा यूएस क्यान्सर इन्स्चिटियुट (एनआइसि) ले विश्वका गर्भावस्था र स्तनको क्यान्सरसँग सम्बन्धित १०० जना भन्दा बढी विशेषज्ञहरु सम्मीलीत कार्यशाला गोष्ठी गरेको थियो ।

सो गोष्ठीले पनि विश्वमा हालसम्म भएका अनुसन्धानहरुको नतिजालाई केलाएर गर्भपतनको कारणले स्तनको क्यान्सर हुने संभावना नभएको निश्कर्ष निकालेको छ ।
 

Last modified on 2019-06-28 08:27:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts