के कारणले हुन्छ, पैतलामा समस्या ? 

What's This?


Download our app to get more features

एजेन्सी, ३१ जेठ । पैतला(खुट्टा)को समस्या सामान्यतया गम्भीर खालको हुँदैन र केही सावधानीले समयान्तरमा समस्या हराएर जान्छ । 

तर केही समस्याको सम्बन्ध कहिलेकाहीँ शरीरमा अन्यत्र उत्पन्न भइरहेका गम्भीर अवस्थासँग जोडिएको हुनाले पैतलाको स्वास्थ्यमा आउने परिवर्तनमा लापरवाही गर्नु हुँदैन । पैतलाले शरीरको सम्पूर्ण भार थेग्छ र हामी त्यसैले हिँड्न वा उभिन सक्छौं । यस्तो गाह्रो कार्य गर्ने पैतलामा शरीरका अन्यत्र भागभन्दा साना वा सुक्ष्म खालका हड्डी हुन्छन र साथै जोर्नीको संख्या पनि धेरै हुन्छ । 

हरेक पैतलामा ३३ वटा जोर्नी तथा सय वटा जोर्नी स्नायु तन्त्रिका, मासंपेशी र लिगामेन्टसँगै त्यहाँ हुने असंख्य रक्तनली र नसाले पैतलाको संरचनालाई मुटु, मेरुदण्ड र मस्तिष्कसँग जोड्छन् । यसैले पैतलामा आएको समस्या सम्पूर्ण शरीरमा कहींनकहीं जोडिएको हुनसक्छ । 

पैतलामा ऐठन

मांसपेशीमा उत्पन्न हुने ऐठनको पीडा असह्य हुन्छ । यसले शरीरमा कुनै कुरा कमी भएको संकेत पनि गर्छ । जलवियोजनले गर्दा मांसपेशीमा ऐठन उत्पन्न हुन्छ । शरीरमा पर्याप्त पानी भएन भने मांसपेशीले पनि पर्याप्त मात्रा अक्सिजन पाउँदैन र पोषण (विशेषगरी क्याल्सियम, पोटासियन वा म्याग्नेयिम) को असन्तुलन हुनजान्छ । धेरै पिसाब लगाउने औषधिहरुका प्रभावले गर्दा यसो हुने सम्भावना रहन्छ । 

बुढी औंला ठूलो हुने

वाथले बूढी औंला रातो, तातो हुने तथा सुन्निएर निकै पीडादायक बन्छ । पुरुषमा अर्थराइटिसले यो समस्या बढी देखिएको छ । शरीरमा धेरै मात्रामा युरिक एसिड वा मोनोसोडियम युरेट भयो भने तन्तुहरु र शरीरको तरल पदार्थमा ती तत्व जम्मा हुन थाल्छन् । युरिक एसिडका क्रिस्टलको स्वभाव शरीरको चिसो स्थानमा जम्मा हुने भएकाले प्राय बाथ बूढीऔंलामा उत्पन्न हुन्छ वा त्यहीं पहिलो लक्षण देखिन्छ । मोटोपना भएका, रक्तसञ्चार प्रणाली राम्रो नभएका मानिस यसको बढी जोखिममा हुन्छन् । 

चिसो पैतला, न्यानो मुटु

चिसो पैतलाले खराब रक्तसञ्चार, मधुमेह, थायराइड कम सक्रिय भएको वा रक्तअल्पताको संकेत गर्छ । रातोबाट सेतो अनि सेतोबाट निलो रङमा परिवर्तन हुने पैतला रक्तनली संघुरो भएर स्नायु भएर चिसोमा बढी प्रतिक्रिया देखाउने रेनाउड रोगको लक्षण हुनसक्छ । रेनाउड रोगको प्रारम्भिक अवस्थामा चिसो र सूर्तिबाट बच्न सके राहत मिल्छ । 

सुन्निएको पैतला

पैतला सुन्निनु राम्रो लक्षण होइन । यससँग विभिन्न समस्या जोडिएका हुन्छन् । जसमा केहीले जीवन जोखिममा पार्छन । खराब रक्तसञ्चार, मुटु रोग, मिर्गौला वा कलेजो असफल भएको, रक्तथेक्ला बनेको, सेता रक्तकोष जम्मा भएको लगायतका संकेत हुनसक्छ । यदि पैतला रातो भएर तातो पनि भएको र इन्फ्लामेसन पनि छ भने त्यो संक्रमणको लक्षण हुन्छ । सुन्निएको अवस्थाले हड्डी भाँचिएको संकेत पनि गर्छ । शरीरमा पानीको मात्रा धेरै भयो भने नदुख्ने गरी पैतला सुनिन्छ । 

बूढी औंलाको चम्चा आकारको नङ

यो समस्या प्रायः कुनै रोगको लक्षण त होइन । तर कहिले काहीँ कुनै रोगको संकेत हुनसक्छ । मुख्यरुपमा पोषण अभावसँग जो समसया जोडिएको छ । विशेषगरी फलाम तत्वको कमीले हुने रक्तअल्पताले गर्दा नङको आकार चम्चा जस्तो हुन्छ । पोषणको कमी, आन्तरिक रक्तस्राव, घातक सेलिक डिजिज आदिले रक्तअल्पता देखिन्छ । 

बूढी औंलाको रंङ्गिन नङ

सधैं नेलपोलिस लगाउने महिलामा बूढी औंलाको नङ पहेंलो देखिनु सामान्य हो । तर, यो रोगको लक्षण हुनसक्छ । क्षयरोग, कलेजोको समस्याले देखिने कमलपित्त, थायराइड ग्रन्थीमा समस्या आदिले बूढी औंलाको नङ पहेंलिने गर्छ । 

पैतलामा सियो घोचेको अनुभव

खराब रक्तसञ्चार वा मेरुदण्डमा हुने पेरिफेरियल स्नायु प्रणालीमा पुगेको क्षतिले यो समस्या आउँछ । मधुमेह भएको र लामो समय रगतमा ग्लुकोजको उच्च मात्रा भएको अवस्थामा स्नायु प्रणालीमा क्षति पुग्छ । जसले गर्दा पैतलामा सियो घोचेको जस्तो लाग्छ । यो समस्या मल्टिपल स्क्लेरोसिस, ट्युमर वा मस्तिष्कघातको संकेत पनि हुनसक्छ ।

गोरखापत्र दैनिकबाट
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts