नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न



Download our app to get more features

काठमाडौं, २१ असार ।  नेपाल अर्बुद रोग निवारण संस्थाले शनिबार राजधानीको बागबजारमा क्यान्सर रोगको शिविर आयोजना गरेको छ । 

काठमाडौं महानगरपालिका वडा नं. २८ का स्वास्थ्य क्लिनिकको सहयोगमा  संस्थाले ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने नारासहित शिविर संचालन गरेको हो ।

कार्यक्रममा वडा २८ का अध्यक्ष भाइराम खड्कीले भक्तपुर क्यान्सर अस्पतालका स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सृष्टि प्र्रजापति श्रेष्ठलाई उपकण हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ भयो । शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोगको जाँच (प्याप स्मेयर टेष्ट)को आयोजना गरिएको छ ।

शिविरमा करिब ३ सय १५ जना महिलाको पाठेघरको मुखको स्मेयर संकलन गरिएको संस्थाले जानकारी दियो । उक्त संकलित स्मेयरलाई भक्तपुर क्यान्सर अस्पतालमा जाँच गरी क्यान्सरको लक्षण देखिएकालाई परामर्श दिने संस्थाका महासचिव विमल कुमार होडाले जानकारी दिए ।

संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले प्रत्येक शनिबार उपत्यकाभित्र यस्ता शिविरलाई निरन्तरता दिदैं आइरहेको बताए ।

Last modified on 2019-07-06 17:25:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts