वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति घुस लिँदालिँदै पक्राउ


Download our app to get more features
Spark_health_home NHEICC_adv

धरान, २७ असार । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिष्ठान, धरानका उपकुलपति राजकुमार (आरके) रौनियार ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले उनलाई प्रतिष्ठानकै सरकारी निवासबाट घुससहित पक्राउ गरेको हो ।  भवन निर्माणको भुक्तानीका लागि उनले घुस लिएका थिए । घुस लिएर उनले भजिता रामहरि रौनियारलाई राख्न दिएका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। प्रतिष्ठानमै पढ्ने रामहरिको कोठाबाट घुस बरामद भएकोको प्रवक्ता कोइरालाले बताए।  प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनको नाममा घुस मागिरहेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट गएको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाले जानकारी दिए।

Last modified on 2019-07-12 10:06:13

ohm pharmaceuticals samyog_advertisement Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Nova_adv