लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने  महिला पक्राउ



Download our app to get more features

काठमाडौं, २८ असार । पाल्पाको तानसेन नगरपालिका–७, स्थित लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

तानसेन नगरपालिका–९ डाँडाडुम तिलाहारकी २२ वर्षीया जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट पक्राउ गरिएको हो ।

 पक्राउ पर्नेमा गल्याङ ५ की विमला पाण्डेय रहेकी छिन् । 

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक सापकोटाका अनुसार महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य  छ ।

शुक्रबार ११ बजे जन्माएको शिशु ३ बजे नै गायब भएको थियो ।  

बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो ।

सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर शनिबार पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक सापकोटाले बताए ।  

उनकाअनुसार सुत्केरी छोरीलाई रेखदेख गर्न बसेकी आमालाई  सहयोग गर्ने बहाना बनाएर अपरिचित महिलाले अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । 

जमुनालाई सुत्केरी व्यथा लागेर शुक्रबार नै मेडिकल कलेज प्रभास ल्याइएको थियो ।  
    
 

Last modified on 2019-07-15 08:46:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts