वीर र परोपकार नर्सिङ क्याम्पसमा नर्सिङ प्रमाणपत्र तहका लागि भर्ना खुल्यो, पुरुषका लागि ६ सिट  



Download our app to get more features

काठमाडौं, ३० असार । वीर अस्पताल नर्सिङ क्याम्पस र परोपकार नर्सिङ क्याम्पस थापथलिमा तीन वर्षे नर्सिङ प्रमाणपत्र तहका लागि भर्ना  खुलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले शैक्षिक वर्ष ०७६/७७का लागि दुई वटा क्याम्पसमा भर्ना खुलाएको हो ।  

भर्नाका लागि विद्यार्थिले मान्यता प्राप्त शैक्षिक संस्थाबाट एस एल सी मा अग्रेजी, गणित तथा विज्ञान वा हेल्थ साइन्स विषय लिई कुल प्राप्तांकमा न्युनतम ५० प्रतिशत अंक ल्याएको हुनुपर्ने छ । यदि ग्रेड र जीपिए भए २.० प्राप्त गरेको हुनुपर्ने छ । आवेदन फारम १ साउन ०७६ देखि १९ साउन ०७६ सम्म भर्न सकिने छ । प्रतिष्ठानले असार ३० गते प्रकाशन गरेको सुचना अनुसार परिक्षा दस्तुर शुल्क भने एक हजार ६ सय फिर्ता नहुने गरी  ई सेवाबाट मात्र तिर्न सकिने छ। फारम अनलाइन बाट भर्नुपर्ने छ । 

पुरुष उम्मेरवारको लागि ६/६ सिट 

दुबै क्याम्पसमा ४०/४० जनाको सिट रहेको  छ । प्रतिष्ठानले दुबै क्याम्पसमा नर्सिङ प्रमाणपत्र तहका लागि पुरुष उम्मेरवारका लागि ६ /६ सिटको आरक्षण व्यवस्था गरेको छ ।

त्यसैगरी वीर अस्पताल नर्सिङ क्याम्पसमा दुर्गमका लागि ४ सिटको व्यवस्था गरेको छ । चि. वि. रा. प्र. वीर अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत स्थायी अ. न. मि. का लागि २ सिटको व्यवस्था गरिएको छ । प्रतिष्ठानले वीर अस्पताल, ट्रमा सेन्टर र वीर अस्पताल नर्सिङ क्याम्पसमा कार्यरत स्थायी कर्मचारीहरुका छोराछोरीहरुका लागि २ सिटको पनि व्यवस्था गरिएको छ । 

यता परोपकार अस्पताल नर्सिङ क्याम्पस थापाथपलमा पनि अस्पताल र क्याम्पसमा कार्यरत स्थायी कर्मचारीका छोराछोरीहरुका लागि २ सिटको व्यवस्था गरेको छ । 


 

Last modified on 2019-07-16 06:03:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts