सहकर्मीले जातलाई लिएर गालिगलौज गरेको भन्दै ५ जना नर्स पक्राउ



Download our app to get more features

पोखरा, १ साउन । आफ्नै सहकर्मीलाई जातका आधारमा विभेद गर्दै कटाक्ष गरेको आरोपमा ५ जना नर्सलाई प्रहरिले प्रक्राउ गरेको छ ।

पोखरा फेवा सिटी अस्पतालमा कार्यरत नर्स शान्ति परियारले आफ्नै सहकर्मीले जातीयतालाई लिएर गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि अस्पतालमा कार्यरत ५ जना नर्सलाई पक्राउ गरिएको हो ।

सहकर्मीले समाजिक सञ्जालमा ग्रुप च्याट बनाएर जातमाथि कटाक्ष गर्दैछन् भन्ने कुरा उनले गोप्य रुपमा थाहा पाएपछि उनले अस्पताल प्रशासनमा जानकारी गराएपनि उनी अस्पतालले कुनै कारबाही बढाएन ।

आरोपित सहकर्मीले छुवाछुतजस्तो गम्भीर गल्तिमा पनि महसुस नगरी औपचारिकता पूरा गर्न मात्रै माफी मागेको भन्दै संयुक्त दलित संघर्ष समिति कास्कीमा निवेदन दिएकी थिइन् ।

समितिकै सहयोगमा परियारले असार १२ गते प्रहरीमा जातीय विभेदको मुद्दामा जाहेरी दिइन् । जाहेरी दिएको १० दिनपछि असार २२ गते आरोपितमध्ये ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले पक्राउ परेकाहरुमाथि जातीय विभेदको मुद्दामा म्याद थप गरी हिरासतमा राखेर कारबाही अघि बढाइएको बताए ।

Last modified on 2019-07-17 13:55:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts