लोक सेवा आयोग: स्वास्थ्यका यी ६ तहको विज्ञापन र परीक्षा कहिले हुन्छ (हेर्नुहोस्)



Download our app to get more features

काठमाडौं, १ साउन । लोक सेवा आयोगले आ.व. २०७६ /७७ को पदपूर्ति सम्बन्धि वार्षिक कार्यतालिका १ प्रकाशन गरेको छ । जसमा लोक सेवा आयोगले लिने परीक्षा कहिले हुने र विज्ञापन कहिले प्रकाशित गर्ने जानकारी गराइएको छ । लोक सेवाले स्वास्थ्य सेवाका एघारौं, नवौं, आठौं, सातौं, पाचौं र चौथाें तहको परीक्षा कहिले हुने र विज्ञापन कहिले गरिने वार्षिक तालिकामा उल्लेख गरेको छ । 

एघारौं र नवौं
लोक सेवा आयोगको वार्षिक कार्यलातिका अनुसार स्वास्थ्य सेवाका एघारौं र नवौं तहका पदहरुको पदपुर्ति खुला आन्तरिक प्रतिस्पर्दाका साथै कार्यक्षमताको मुल्यांकनद्धारा बढुवा गरिने छ । प्रतिशत निर्धारण भदौ असोजमा हुनेछ । त्यसैगरी विज्ञापन सुचना प्रकाशन असोज अन्तिम बुधबार गरीने छ । परीक्षा सञ्चालन पुस/ माघमा र लिखित परीक्षाको नतिजा फागुन /चैत र अन्तर्वार्ता र सिफारिश चैत वैशाखमा हुने छ । 
 

आठौं र सातौं तह
स्वास्थ्य सेवाको आठौं तहको पदपूर्ति खुला प्रतियोगिता हुनेछ । सातौं तहको भने कार्यसम्पादन तथा अनुगमनको मुल्यांकनबाट हुने समायोनद्धारा पदपूर्ति गरिने छ । दुवै तहको प्रतिशत निर्धारण असोज/ कार्तिकमा प्रतिशत निर्धारण गरिने छ । कार्तिकको अन्तिम बुधबार सुचना प्रकाशन हुने छ । लिखित परीक्षा माघ फागुनमा हुनेछ । नतिजा चैत /वैशाखमा हुन्छ र अन्तरवार्ता र सिफारीस जेठ असारमा हुनेछ । 
 

पाचौं तह
पाचौं तहको लागि लोक सेवा आयोगले प्रतिशत निर्धारण पुस माघमा गर्ने छ। विज्ञापन माघको अन्तिम बुधबार प्रकाशित हुनेछ । परीक्षा वैशाखमा हुनेछ भने नतिजा प्रकाशन जेठमा नै हुनेछ । साउन /भदौमा अन्तर्वाता र सिफारिस हुनेछ । 
 

चौथाें तह
खुला प्रतियोगिताबाट पदपूर्ति हुने स्वास्थ्य सेवाको चौथौं पदको प्रतिशत निर्धारण लोक सेवा आयोगले फागुन/ चैतमा गर्नेछ । चैतको अन्तिम बुधावार विज्ञापन प्रकाशित हुनेछ । लिखित परिक्षा भने जेठमा हुने र नतिजा प्रकाशन असारमा हुनेछ । त्यसैगरी अन्तर्वाता र सिफारिस भने साउनमा हुनेछ । 

 


 

Last modified on 2019-08-14 16:13:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts