स्वास्थ्यका कर्मचारीको समायोजन पत्र वितरण कार्य सुस्त 



Download our app to get more features

काठमाडौं, १ साउन । स्वास्थ्य सेवाका कर्मचारीलाई वितरण गरिरहेको समायोजन पत्रको काम केहि सुस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता महेन्द्र बताए ।

उनका अनुसार समायोजनका पत्र वितरण काम जुन गतिमा भइरहेको त्यस भन्दा केहि ढिला भइरहेको हो । समायोजन प्रक्रिया मिलाउदै पत्र वितरण गर्दा ढीलो हुने उनले बताए ।

साथै वर्षासंगै आएको बाढीका कारण पनि स्वास्थ्य क्षेत्रको ध्यान त्यसतर्फ रहेको सुस्त गतिमा समायोजन पत्र वितरण भएको बताउँदै उनले पत्र वितरणका काम भने नरोकिएको जनकारी समेत दिए । 

स्वास्थ्य क्षेत्रका कर्मचारीको समायोजनमा धेरै प्राविधिक कारण रहेकाले ढीलो भएको मन्त्रालयले बताउदै आएको छ । साथै मन्त्रालयलले एघारौं तहको समायोजन संगै पदस्थापना पनि सकेको छ । त्यसैगरी थोरै कर्मचारी रहेका विभिन्न तहको पनि समायोजन सके पनि सबै समायोजन सक्न भने कति समय लाग्ने टुंगो नरहेको मन्त्रालयले जनाएको छ । 

Last modified on 2019-07-18 10:43:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts