डा.खनाललाई बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा नियुक्ति



Download our app to get more features

सुनसरी, २ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा.गुरुप्रसाद खनाललाई नियुक्त गरिएको छ ।

विगत एक सातादेखि उपकुलपतिविहीन बनेको प्रतिष्ठानमा बुधबान स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रतिष्ठानका शिक्षाध्यक्ष डा. खनाललाई निमित्त उपकुलपति पदमा नियुक्त गरेका हुन् । 

उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिई अनुसन्धान थालेपछि उनी स्वतः पदबाट निलम्बनमा परेपछि उपकुलपतिको पद खालि बनेको थियो ।

अर्को व्यवस्था नभएसम्मका लागि डा खनाललाई निमित्त उपकुलपतिमा नियुत्त गरिएको प्रतिष्ठानले जनाएको छ । निमित्त उपकुलपतिमा नियुक्त डा खनालले प्रतिष्ठानको विभिन्न विभागीय प्रमुख, प्राध्यापक एवम् शाखारमहाशाखा प्रमुखहरुको बैठक गरी सबैलाई आ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्न आग्रह गरेको प्रतिष्ठानले जनाएको छ ।
 

Last modified on 2019-07-18 16:55:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts