सुत्केरी र बच्चाको मृत्युपछि प्रसूति गृह तनावग्रस्त



Download our app to get more features

काठमाडौं, २ साउन । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि तनावग्रस्त बनेको छ । सुत्केरी हुन प्रसूति गृह भर्ना भएकी ३८ वर्षे कल्पना तामाङको मृत्यु भएको बताइएको छ ।उनको बच्चाको पनि मृत्यु भएको मृतका आफन्तले बताएका छन् ।

उनको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर मंगलबार भर्ना गरीएको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तले बताएका छन् ।

तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता जारी छ ।

आफन्तले बच्चाको अवस्था पनि अज्ञात रहेको बताएका छन् ।

Last modified on 2019-07-18 16:57:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts