प्रसूति गृहको विवाद मिल्यो



Download our app to get more features

काठमाडौं, २ साउन । सुत्केरी र शिशुको मृत्युपछि तनावग्रस्त बनेको थापाथलीस्थित प्रसूति गृह परिसरको वातावरण साम्य भएको छ ।

नुवाकोटकी ३८ वर्षीया कल्पना तामाङको शल्यक्रिया गरेर बच्चा निकाल्ने क्रममा मृत्यु भएपछि अस्पताल परिसर बुधबारदेखि तनावग्रस्त बनेको थियो । उनलाई मंगलबार प्रसूति गहृमा भर्ना गरिएको थियो ।

चिकित्सकले बुधबार शल्यक्रिया गर्ने क्रममा बच्चा र आमा दुबैको मृत्यु भएको घोषणा गरेपछि मृतकका आफन्त आक्रोशित भएका थिए ।

मृतकका आफन्तले उपचारमा चिकित्सकले लापरवाही गरेको दाबी गरे पनि अस्पताल प्रशासनले भने कुनै गल्ती नभएको दोहोर्याउँदै आएको थियो ।

अस्पतालको भनाइ स्वीकार गर्दै आन्दोलनरत आफन्तले चित्त बुझाएका थिए । मृतकका एक आफन्तका अनुसार बच्चाको पहिला नै मृत्यु भइसकेको रहेछ ।

आमालाई बचाउने क्रममा बच्चासँगै आउने पानीको फोका ‘एम्निओटिक फ्ल्युड इम्बोलिज्म’भन्ने रोगका कारण फुटेपछि मृत्यु भएको उनले बताए ।

उनले भने, ‘चिकित्सकको कुनै गल्ति रहेनछ ।’ 

मृतकका श्रीमान्, बुबा, दाजुभाई, आफन्त, प्रदेश ३ की उपसभामुख राधिका तामाङसहितको उपस्थितीमा बुधबारदेखि जारी वार्ता टुंगिएको हो ।

वर्तामा शव पोष्टमाटर्म नगर्ने र डिएनए परीक्षण पनि नगरी गाउँमै लैजाने सहमति भएको छ । अस्पताल प्रसासनले दाहसस्कार खर्च भने व्यहोर्ने भएको छ ।  

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले अस्पतालको तर्फबाट कुनै गल्ती नभएको बताए ।

उनले भने ‘जटिल किसिमको शल्यक्रियमा कहिलेकाहीँ यस्तो हुन्छ, आफ्नो मान्छेको मृत्यु भएपछि आक्रोशित हुनु स्वाभाविक हो ।’

Last modified on 2019-07-19 09:14:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts