डडेल्धुरामा कालाजारको बिरामी भेटियो 



Download our app to get more features

 डडेल्धुरा, २ साउन ।  डडेल्धुरामा कालाजार रोगका बिरामी भेटिएका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रका अजयमेरु गाउँपालिका– ६ का एक युवकलाई कालाजार  भएको हो । 

साउन महिनाको सुरुवातमै अमजयमेरुका २१ वर्षीय वि.पी जोशीलाई कालाजारको संक्रमण देखापरेको डडेल्धुरा अस्पतालका प्रयोगशाला विभाग इन्र्चाज ल्याब अधिकृत इश्वरी प्रशाद भुसालले बताएका छन् ।

यो समयमा कालाजार, डेगुं, स्क्रबटाईफस, झाडापखाला लगायतका महामारी रुपमा फैलिने सम्भावना रहन्छ ।

गत वर्ष डडेल्धुरा लगायत सुदुरपश्चिम प्रदेशमा स्क्रबटाईफस ज्वरो महामारीकै रुपमा फैलिएको थियो । 

तराईको रोग भनेर चिनिएको कालाजार पछिल्लो सयम पहाडी जिल्लातिर सर्दै गएको छ । यो रोग उत्पन्न गर्ने भुसुना  (सैन्डफ्लाई) पहाडी तथा हिमाली जिल्लामा समेत देखिन थालेको छ ।

जलवायु परिवर्तन र तराईबाट पहाडतिर गाडीमा सामान लाने क्रममा बढेका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको स्वास्थ्यकर्मीहरुले  औंल्याउँ छन् । 

कालाजार हल्का ज्वरो र कमजोरीले सुरु हुन्छ र  विस्तारै  तीव्र ज्वरो, रक्तअल्पता, कलेजो दुख्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, कमजोरीजस्तो लक्षणमा परिणत हुन्छ ।

बेलैमा उपचार नभए बिरामीको मृत्यु समेत हुन् सक्ने डडेल्धुरा अस्पतालका मेसु डा.जितेन्द्र कंडेलले बताए ।

Last modified on 2019-07-19 08:51:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts