गाउँगाउँमा स्वास्थ्य चेतना फैलाउन महिला स्वास्थ्य स्वयमंसेविकाको भूमिका महत्वपूर्ण –मन्त्री बराल 



Download our app to get more features

रुपन्देही, २ साउन ।  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गाउँगाउँमा स्वास्थ्य चेतना फैलाउनका लागि महिला स्वास्थ्य स्वयर्मसेविकाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

स्वास्थ्यकर्मीको पहुँच नभएका गाउँमा स्वास्थ्य चेतना फैलाउनका लागि मन्त्रालयले स्वयमंसेविकालालई परिचालन गर्ने योजना बनाएको बताए ।

स्वायमंसेविकाका लागि बुटवलमा शुरु भएको एक महिने एडभान्स तालिमको उद्घाटन गर्दै मन्त्री बरालले स्वास्थ्यमा पछि परेका जिल्लाका स्वायमंसेविकालाई एडभान्स तालिम दिएर सुधार ल्याइने बताए ।

आमा र शिशुको मृत्युदर घटाउन, कुपोषण रोक्नका लागि स्वायमंसेविका नै सबैभन्दा प्रभावशाली जनशक्ति हने उनले बताए ।

प्रदेशका १२ जिल्लामध्ये स्वास्थ्यमा सबैभन्दा कमजोर रहेका कपिलवस्तु र रोल्पाका स्वायमंसेविकाबाट तालिम दिन शुरु गरिएको उनले बताए । यो अभियानले एक वर्षमै ठूलो परिवर्तन ल्याउने र जनताले राहत महसुस गर्ने उनको विश्वास  छ । 

सो अवसरमा स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ, बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुवन कुवंर, प्रशिक्षकहरु जमुना पन्थी, केशव भट्टराई लगायतले बोलेका थिए ।

सो अवसरमा मन्त्री बरालले तालिममा सहभागि १० जना स्वायमंसेविकालाई स्वास्थ्य उपकरण समेत प्रदान गरे । ९० दिने तालिमको पहिलो चरण असार २५ गतेबाट शुरु भएको हो ।

Last modified on 2019-07-19 09:04:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts