विषादीयुक्त तरकारी र फलफूल खाएमा दीर्घकालीन असर



Download our app to get more features


 नेपालमा अधिकांश तराकारी भारतबाट भित्रने गरेको छ । नेपालमा उत्पादित तरकारीले नधान्दा भारतबाट बर्षेनी अर्बौ रुपियाँका तराकारी आयात गरिन्छ । भारतबाट भित्रने फलफूत तथा तरकारीमा ९० प्रतिशतसम्म विष हुने विज्ञहरुको दाबी छ । 

तर, पछिल्लो समय भारतले नेपाल भित्रने तरकारी र फलफूलमा विषादीको मात्रा परीक्षण नगर्न भनेपछि नेपाल सरकारले त्यसलाई स्वीकार गरेको छ । नेपाली जनतलाई सिधैं विष खाउँ भनेको र सरकारले पनि त्यसलाई मानेर जनताको स्वास्थ्यमाथि खेलवाड गरेको चौतर्फी टिप्पणी समेत भइरहेको छ ।  

हेर्दा चिल्ला देखिने फलफूल र तरकारीमा विषादी बढी हुने कृषी विज्ञहरु बताउँछन् । जसले  दीर्घकालीन रोग समेत निम्ताउने उनीहरुको भनाइ छ । 

विषालु तरकारीले कस्ता असर

विषालु तरकारी र फलफूलले पार्ने असरलाई हामीले दुई तरीकाबाट हेर्छौः तत्कालीन र दीर्घकालीन  असर ।

तत्कालीन असर फुड प्वाइजनिङ जस्तै असर देखापर्छ, वाकवाक लाग्ने रिंगटा लाग्ने, खान मन नलाग्ने, कसैलाई छालाको समस्या देखिने हुन्छ । 

उदाहरणका लागि हाल पनि मानिसहरु पखाला लाग्यो, पेट दुख्यो, टाउको दुख्यो भनेर आउनुहुन्छ यो संक्रमण अरु कारण हो वा विषादिको कारणले हो त्यो भने छुट्टाउने गरेको पाइदैन । 

यसकारण विषादीको कारण कस्तो समस्या हुन्छ, कसैले पनि हालसम्म ठ्याक्क अनुमान गरेको छैन। कुनै व्यक्तिले मुसाको विष नै खाएर आउनु भयो भने त्यो चाहि देखिने समस्या भयो  तर, तरकारी र फलफूलमा खाएको विषादिबारे प्रष्ट थहाहुँदैन । 

एकपटक  आँप खाएर एक बिरामी आउनु भएको थियो । आँप खाएर उहाँलाई ज्वरो आएको थियो र  जिउँभरी डावर आएको थियो । 

यो उहाँलाई मात्रै नभएर उहाँको परिवारलाई नै त्यो समस्या देखिएको थियो । त्यो भने तत्तकाल देखिने समस्या थियो । दीर्घकालीन रुपमा भन्नुपर्दा फोक्सो, मष्तिश्क, मुटु जस्ता  अत्यावश्यक अंग छन्, त्यहाँ गएर यसले असर पार्छ भन्ने आएको छ ।

अझै सोच्नुपर्ने कुरा त विषादीहरुले गर्दा नेपालमा एक प्रकारको नसर्ने रोगहरु जस्तै सुगर, प्रेसर कतै यसमा सम्बन्धित त छैन ? यो हेर्ने बेला आएको पो हो कि । 

नेपालमा विषादीका विषयमा एकदमै थोरै अनुसन्धान भएको छ । 

यसबारेमा नेपाली बैज्ञानीकहरुले केही हदसम्म लेखेको भएता पनि वृस्तृत जानकारी भने छैन । सबैभन्दा पहिला विषादीबारे अनुसन्धानात्मक लेख आउन जरुरी छ । 

दीर्घकालीन असर 

विषदीयुक्त तरकारी र फलफूल खाएमा दीर्घकालीन रोग निम्तिन्छ भन्ने कुरा त जायज छ । अझै महत्पूर्ण कुरा त क्यान्सर रोग छ । तथ्याङअनुसार  वर्षेनी क्यान्सरका बिरामी बढ्दोक्रममा छन् । 

विषादीका कारण क्यान्सरका समस्या निम्तने गरेको अनुसन्धानहरुले देखाएको छ ।  यसअनुसार पनि अब जुन नसर्ने रोग छन् ती रोगहरु पनि विषादीसँग कति सम्बन्धित छ, त्यो हेर्न अति आवश्यक छ । 
विदेशमा यस विषयमा अनुसन्धान भइसकेको छ । 

ती अनुसन्धानले समेत विषादीयुक्त तरकारी र फलफूलले गर्दा विभिन्न संवेदनशील अंगमा समस्या भएर क्यान्सरसमेत हुने देखाएको छ । 

नेपालमा  विषादीको नसर्ने रोगसँग  प्रत्यक्ष÷अप्रत्यक्ष के सम्बन्ध छ त्यसबारेमा एउटा अनुसन्धान भइदिए अझै प्रष्टसँग भन्न सकिन्थ्यो कि भन्ने लाग्छ । 

विषादी छ वा छैन सजिलै थहा नहुने

फलफूल र तरकारीमा विषादी छ वा छैन, कति छ भन्नेबारे सजिलै थहापाउन सकिदैन । सहज नभएकै कारण यन्त्र उपकरण चाहिएको हो ।

त्यसकारणले पनि नेपाल सरकार पछाडि हटेको भनिएको छ । यन्त्रकै माध्यबाट नै थहा हुन्छ यसको मात्रा कति छ । त्यसपछि  कति मात्रामा खाएमा के कस्तो असर पार्छ भन्न सजिलो हुन्छ । तर, कृषि विज्ञहरुको कुरा सुन्ने हो भने एकदमै सहज तरिकाले थहा हुन्छ भनिन्छ ।

एकदमै चिल्ला, हेर्दा राम्रो,  खाइ हाल्ने खालको देखिएको छ भने विषादी बढी प्रयोग भएको हुने अनुमान गर्न सकिन्छ भनिएको छ ।  साथै  सागहरु प्वाल परेको, चिल्लो नभएको भएमा विषादी छैन होला भनेर अनुमान गर्न सकिन्छ । 
 यसरी थहा पाउनु पनि केही हदसम्म संभावना रहन सक्छ ।

साच्चै थहा पाउन छुट्टै किसिमको पक्रिया नै हुनुपर्छ ।  हामीले दैनिक  विषादी खाइरहेका छन् ।  तर, तरकारी र फलफूल एकदमै गुणस्तरयक्त हुन आवश्यक छ । 

 तरकारी र फलफूल किन्दा के–कस्ता कुरामा ध्यान  दिने ? 

सबैभन्दा बढी चिल्लो देखिने तरकारी र फलफूल राम्रो रहेछ भनेर नकिन्ने  । चिल्लो जति सबै फलफूल र तरकारी विषादीयुक्त भन्न खोजेको होइन तर, त्यो संभावना भने रहन्छ । यसबारेमा वैज्ञानिक र विशेषज्ञहको  सल्लाह समेत छ ।
 किरा नलागेको हेर्दा चिल्लो देखिएको छ भने विष धेरै छ कि भन्ने सोच्नुपर्छ ।

तर, ठूला तरकारी बजारका क्षेत्रमा तरकारी वा फलफूलमा विष परीक्षण गर्ने एउटा एकाइ हनुपर्छ जस्तो लाग्छ । जाँच गरेर मात्रै विक्रि गर्दा उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड हुँदैन कि । 

बजारबाट ल्याएको चिल्लो फलफूल भोलिपल्ट चाउरिएको खाएमा विष कम हुने भनिन्छ, त्यो पनि हुनसक्छ । 

फलफूल तथा तरकारी किन्दा ग्रहाकहरु सचेत हुनुपर्छ । कुनै फलफूल तरकारी त राम्रोसँग पखालेर खाएमा पनि विषादी धेरै हदसम्म कम हुन्छ भन्ने उपाएहरु पनि छ । 

जस्तैः आप खानुछ भने त्यो आँपलाई रातभरी पानिमा डुबाएर राखेमा पनि धेरै केमिकल नाश हुन्छ । तर,  यस्ता तरिकाले मात्र हामीलाई प्रयाप्त बचाउँ गर्न सक्दैन  । यसकारण परीक्षण आवश्य छ ।

 विषादीको पनि एउटा चरण हुन्छ त्यो लेभल माथि गए हानिकारक, कम भएमा असर नगर्ने हुन्छ ।  त्यसकारण तरकारी र फलफूल परीक्षण गरेर मात्रै बजारमा पठाउनुपर्छ । त्यसपछि मात्रै हामीले ढुक्क भएर खानसक्छौं । 
 

Last modified on 2019-07-21 06:11:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts