अस्पतालको चौथो तलाबाट हामफालेर आत्महत्या

What's This?


Download our app to get more features

काठमाडौं, ३२ जेठ । काठमाडौेंको सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी)को  चौथो तलाबाट हामफालेर एक पुरुषले आत्महत्या गरेका छन् । 
काठमाडौँ महानगरपालिका–७ चावहिलमा बस्ने ५२ बर्षीय गोपिकृष्ण बस्ताकोटी मंगलबार बिहान  मार्निङ्गवाकमा निक्लिएका थिए । घरबाट मर्निङ्गवाक जान्छु भनि निस्किएका  उनी केएमसी अस्पताल सिनामंगलको ४ तला माथी गई जुत्ता खोलेर माथीबाट जमिनमा हाम फाल्दा गम्भीर घाइते भएकोले सोही अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


गोपिकृष्णले लगाएको जुत्ता अस्पतालको चौथो तलामा फेला परेको छ भने उनको साथमा सुसाइड नोट पनि भेट्टिएको छ । ‘अस्पतालसँग क्षतिपूर्ति नमाग्नु, अस्पताललाई दोष नदिन, यो दोष मेरो हो । सोझै लाश बुझ्नु । परिवारलाई केही थाहा छैन’, उनको सुसाइड नोटमा उल्लेख गरिएको छ ।


सुसाइड नोटमा मोबाइल नम्बर ९८४१४१०१४६ लेखेर परिवारलाई जानकारी दिनु उल्लेख गरिएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ ।
 

Last modified on 2016-06-14 17:47:30

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts