मनोनयन बिना २० स्वास्थ्यकर्मी चीन जादै 



Download our app to get more features

काठमाडौँ १० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोनय बिनानै २० जना स्वास्थ्यकर्मीलाई चीनमा आयोजना हुने एक कार्यक्रममा पठाउन लागेको छ ।

आगामी २९ जुलाई देखि २५ अगष्ट सम्म चीनमा आयोजना हुने बालबालिकाको स्वास्थ्य सेवा विषयक कार्यक्रममा भाग लिन निर्णय बिनानै टोलि जान लागेको पाइएको हो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मनोनयन समेत नगरी विदेश जाने टोलिको टुङ्गो लागेको हो । सचिव स्तरको निर्णय गर्दै चीन जाने टोलिको टुङगो लागेको छ ।

महाशाखा प्रमुखहरु सम्मेलित बैदेशिक भ्रमण मनोनयन सिफारीस समिति रहेको छ । सो समितिबाट निर्णय गराएर विदेश जाने टोलिको टुङ्गो लगाउँनु पर्छ । तर, सचिव रामप्रसाद थपलियाले आफुखुसी निर्णय गराएको स्रोतले बतायो । उनले अधिकांश जाने लिष्टमा आफन्त राखेको पनि मन्त्रालयले बताएको छ । 

माग विषय विज्ञको तर, अरुनै पठाउँने तयारी
चीनमा हुने सो कार्यक्रममा बाल स्वास्थ्यका क्षेत्रमा निरन्तर काम गरेका स्वास्थ्यकर्मीलाई सहभागी हुन भनिएको छ । तर, स्वास्थ्य मन्त्रालयले त्यसको दुरुपयोग गर्दै अनमी, अहेव, मानसिक रोग विशेषज्ञ लगायतलाई पठाउँने तयारी गरेको पाइएको छ । सो निर्णयको मन्त्रालय भित्रै विवाद सुरु भएको छ ।

मन्त्रालयका एक उच्च अधिकारीले भने, जुन अस्पतालमा बालरोग बिशेषज्ञ चिकित्सक छन, त्यही लामो समय देखि काम गरेका नर्स र स्वास्थ्यकर्मीहरुलाई मात्रै कार्यक्रममा बोलाइएको हो । तर, नितान्त फरक विद्याका स्वास्थ्यकर्मी मनोनयनमा परेका छन् । 

टोलिमा परेका स्वास्थ्यकर्मी
डा. ज्योत्सना यादव  – गाइनकोलोजिष्ट
सुनिल शाह            – मानसिक रोग विज्ञ
डा. शैलेश ठाकुर     –  पेडियाट्रिसियन
जीतेन्द्र प्रसाद जयसवाल    – मेडिकल अधिकृत पेडियाट्रिक्स
पुष्पा कुमारी झा        –  स्टाफनर्स
पार्वती विष्ट              –  पब्लिक हेल्थ नर्स
रुपेश शाह              –   सि.अ.हे.व
डा. जीवन खरेल      –  मेडिकल अधिकृत
सीमा शर्मा               –  नर्सिङ अधिकृत
डा. चन्द नराज शर्मा   – मेडिकल अधिकृत
संगिता श्रेष्ठ                – स्टाफ नर्स
डा. कुलदिप गाइत      –   पेडियाट्रिक्स
डा. योगराज शर्मा          – पेडियाट्रिक्स
सुनिता आचार्य           –  नर्सिङ अधिकृत
डा. अनुपमा यादव      –  पेडियाट्रिक्स
पूजा मल्ल                  –   स्टाफ नर्स
कविता पाण्डे             – नर्सिङ प्रशासक
डा. राम नारायण चौधरी    –   पेडियाट्रिसियन
रेवती पोखरेल   –  ल्याव टेक्निसियन 
माया देवी दाहालञ   –   सि.अ.हे.व 

५० लाख खर्च
एक महिना चीनमा बस्दा करिब ५० लाख रुपैयाँ खर्च हुने छ । हवाई भाडा, खाने बस्ने सबै खर्च चीन सरकारले व्यहोरेको छ । तर, त्यस अवधिमा लागेको रकम उसले सरकारलाई दिदै आएको सहायतामा कटौति गर्ने छ एक अधिकारीले भने । प्रती व्यक्ति करिब ३ लाख रुपैयाँ लाग्ने छ । 

 

Last modified on 2019-07-28 06:18:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts