६ वर्ष लगाएर बन्यो चिकित्सक संघको आफ्नै भवन, नौ करोड लागत



Download our app to get more features

काठमाडौं, ११ साउन । नेपाल चिकित्सक संघ (एनएमए)को आफ्नै भवन निर्माण सम्पन्न भएको छ ।

करिब नौं करोडको लगानीमा ७ तलाको भवन निर्माण सम्पन्न भएको एनएमएका महासचिव डा. लोचन कार्कीले जानकारी दिए ।

बागबजार मोडल अस्पताल नजिकै एनएमएको भवन बनाइएको छ । स्वास्थ्य मन्त्रालयको सहयोग र विभिन्न विधागत चिकित्सकका संघसंस्थाबाट १५–१५ लाख संकलन गरेर भवन निर्माण गरिएको डा. कार्कीले बताए ।

उनले भने ‘भवनको सम्पूर्ण काम सम्पन्न भएको छ, अफिस समेत सुचारु भइसकेको छ, तर सहरी विकास मन्त्रालयले गर्ने अन्तिम हिसाब/किताब मात्रै बाँकी छ ।’

साढे दुइ रोपनी नौ आना जग्गामा स्थापित भवन सम्पन्न हुन चार वर्ष लागेको डा. कार्कीले जानकारी दिए ।

‘२०७० सालमा १८ महिनाको समय  तोकिएको थियो, तर नाकाबन्दी, तराई आन्दोलन लगायतका कारण समय सिमा लम्बिएको हो’ उनले भने

Last modified on 2019-07-28 06:18:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts