वीर अस्पतालको १३० औं वार्षिक उत्सव

वीर अस्पतालः १५ देखि ४६० शैया विस्तारसम्मको यात्रा, यस्तो छ वार्षिक प्रतिवेदन 

सात भावी योजना



Download our app to get more features

काठमाडौं, १२ साउन । देशकै जेठो वीर अस्पतालले आइतबार १३० औं वार्षिक उत्सव मनाएको छ । वीरले विं स. १९४७ साउन १२ मा पन्ध्र शैयाबाट सेवा विस्तार गरी आफ्नो पाइला अगाडि बढाएको थियो । यो अस्पताल सन् १९३३ मा नेपालकै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुल पनि भयो । जसले डेसर, कम्पाउन्डर र पछि गएर नर्सिङ शिक्षा सुरु गरेको थियो । 

कार्यक्रममा उपस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव, स्वास्थ्य सचिव राम प्रसाद थपलियाले अस्पताललाई अगाडि बढाउन सधैं मन्त्रालय तत्पर रहेको बताए ।

त्यसैगरी पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले वीर अस्पतालमा उपचारका लागि भिआइपि पनि आउनुपर्ने भन्दै नेपालका सरकारी अस्पतालका चिकित्सक आफ्नो पेसामा अव्वल रहेको दावी समेत गरे । २०७२ सालको भुकम्पमा घाइते भएकाको उपचारमा सरकारी अस्पतालका स्वास्थ्यकर्मीले पुर्याएको योगदान उल्लेखनीय रहेको भन्दै उनले सरकारी अस्पतालमा उपचारका लागि आउन सबैलाई आग्रह गरे ।

सोहि कार्यक्रममा वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले अस्पतालको वर्षिक प्रतिवेदन प्रस्तुत गरेको छन् । 
 

यस्तो छ प्रतिवेदनको केहि अंश
अस्पताल आफ्नो स्तोरन्नतीको क्रममा २०५९ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको रुपमा स्थापित भयो । वीर अस्पतालमा पिसिएल, व्याचलर, एमडि, एमएस, एमडीएस, डीएम एमसिएच को तालिमका साथै पिविएन, एमएन एमआइटी को शैक्षिक कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । 
हाल चार सय ६० शैया क्षमतामा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ । 
हालको वीर अस्पतालको अवस्था 
भौतिक सुधार
१७ रोपनी जग्गामा अत्याधुनिक नयाँ ७ तले सर्जिकल भवन निमार्ण कार्य भइरहेको ।

जाइकाको सहयोगमा सय शैयाको भवन निर्माण भइ सेवा सञ्चालनमा ल्याइएको छ । साथै न्याम्स भवनमा लिफ्ट राख्ने लगाएतका कार्य भएको छ । 

सेवा प्रवाह
आर्थिक वर्ष २०७५÷०७६ मा आकास्मिक सहित ओपिडिमा चार लाख २२ हजार आठ सय एक जनाले सेवा पाएका छन् । भर्ना भएर उपचार गराएका  बिरामी  १३ हजार एक सय ५९ रहेका छन् । 
आकास्मिक सहित शल्यक्रिया सेवा ६ हजार आठ सय ७७ जनाले लिएका छन् । 

आर्थिक विवरण आ.व २०७५÷७६ को लागि नेपाल सरकारले वीर अस्पतालका लागि २ अर्व १० करोड २६लाख निकासा गरेको थियो । साही अवधिमा अस्पतालबाट सेवा उपलब्ध बापत अनुमानित ३६ करोड आम्दानी हुने लक्ष्य राखिएकोमा २०७६ जेठ मसान्तसम्म ३३ करोड ३६ लाख आम्दानी भएको छ । 
भावी योजना 

  • अस्पतालको सरसफाइमा जोड,
  • अस्पतालको फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उपकरण तथा कर्मचारीको व्यवस्थापन गर्ने,
  • राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल जोड्ने सव–वे बनाउने,
  • डिजिटिलाइजेसन अफ मेडिकल रेकड सिस्टमको व्यवस्था गर्ने,
  • निकट भविष्यमा २० वेडको आई सी यु शैया सञ्चालन गर्ने,
  • इमर्जेन्सी सेवालाई छिटो र सजिलो बनाउने । 
  • विग्रेर प्रयोगमा नआएका उपकरणलाई मर्मत गरी प्रयोगमा ल्याउने 


 

Last modified on 2019-07-29 08:48:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts