सुमेरु अस्पतालमा पहिलो पटक दुई जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण

ब्लड ग्रुप निमिल्ने बिरामीको मिर्गौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस मेसिन जडान गर्दै



Download our app to get more features

काठमाडौं, १६ साउन । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले दुई जनामा निःशुल्क मिर्गौला प्रत्यारोपण गरेको छ ।

अस्पतालले स्वास्थ्य मन्त्रालयद्वारा गठित अंग प्रत्यारोपाण समन्वयन समितिबाट मिर्गौला प्रत्यारोपाण स्वीकृति लिएर संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत प्रत्यारोपण गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. ऋषि काफ्लेका अनुसार गोरखा र रामेछापका क्रमशः विकास गुरुङ र सुकरानी मोक्तानमा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

अस्पतालले बिहीबार आयोजन गरेको अस्पतालको भावी योजनासम्बन्धी कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

उनीहरुमा डा. काफ्लेको संयोजकत्वमा प्रत्यारोपण सर्जनको रुपमा डा. विरेन्द्र यादव, डा. किरण श्रेष्ठ, डा. राकेश बर्मा, डा. डिभी कार्की, डा. वेस अन्सारीसहितको टिमले मिर्गौैला प्रत्यारोपण गरेका थिए ।

साथै नेफ्रोलोजिष्ट डा. राजेन्द्रकुमार अग्रवाल, डा. नविन बस्नेत, डा. वर्षा श्रेष्ठ, डा. सन्तोष गुरुङ, डा. सन्जीव आचार्य र प्रत्यारोपण एनेस्थेसिस्टमा डा. महालक्ष्मी देउजा, डा. अनिल ओझासहितको १२ जनाको टोली प्रत्यारोपाणमा संलग्न थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले  डा. ऋषिकुमार काफ्लेसहितको टोलीलाई सम्मान गरेका थिए । साथै मृगौला प्रत्यारोपण गरेका  विरामीलाइ पनि सम्मान गरेका थिए । 

डा. यादवले मिर्गौला प्रत्यारोपणमा अस्पताललाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

उनले सरकारी अस्पतालले मात्रै आम जनातालाई सेवा दिन नसक्ने हुँदा सरकारी र निजी दुवै अस्पतालबीच समन्वय हुनुपर्ने बताए । 

डा. काफ्लेले पछिल्लो समय देखिएको मिर्गौला रोगसम्बन्धी भयावह स्थितीलाई न्यूनिकरण गर्न अस्पताल सक्रिय रहेको बताए । उनले भने ‘हामी मिर्गौला प्रत्यारोपणलाई निरन्तरता दिन चहान्छौं, तर सरकारले घोषणा गरेको चार लाख रुपैयाँ र प्रत्यारोपणपछि खाने इम्युनो सम्प्रोसिस औषधि निःशुल्क र सहज उपलब्ध हुनुपर्छ ।’

मिर्गौला रोगसम्बन्धी उपचारमा यस्तो छ भावी योजना
विगत केही वर्षदेखि विपन्न नागरिकको लागि राज्यबाट घोषित शुल्कमा डायलोसिस र एक्यूट किड्नी फेलरसम्बन्धी सेवा दिदैं आइरहेकोमा अबदेखि सुमेरु अस्पतालबाट देशभरका मिर्गौला सम्बन्धी बिरामीलाई राज्यद्वारा निर्धारित शुल्कभित्र रही सर्वसुलभ ढंगले उपचार गर्ने प्रतिबद्धता । 

ब्लड ग्रप निमिल्ने बिरामीको मिर्गौला प्रत्यारोपणका लागि प्लाज्मा फेरोसिस मेसिन जडान र सुविधा सम्पन्न एचएलए ल्याब टेष्ट सुबिधा संचालन गरिने ।

साथै मिर्गौला बिरामीहरुको सेवमा सर्मपित देशको चर्चित संस्था राष्ट्रिय मिर्गौला उपचार केन्द्र अस्पतालाई यसै अभियानमा आवद्धता गराइ अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न २०० शैयाको किड्नी अस्पताल, सबै प्रदेशमा मृगौला रोगसम्बन्धी सेवा केन्द्र स्थापना गर्ने योजना  । 

Last modified on 2019-08-02 11:13:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts