ओम समाज डेन्टल अस्पतालमा लुम्बिनी बैंकका ग्राहकलाइ छुट



Download our app to get more features

काठमाडौं, १६ साउन । ओम समाज डेन्टल अस्पतालमा लुम्बिनी विकास बैंकका ग्राहकले दन्त रोग उपचारमा छुट पाउने भएका छन् ।

काठमाडौंमा सम्पन्न एक बैठकमा ओम समाज डेन्टल अस्पताल र लुम्बिनी विकास बैंकबीच यस्तो सम्झौता भएको हो  । सम्झौतामा ओम समाज डेन्टल अस्पतालका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा सुभाष घिमिरे र लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराबिच हस्ताक्षर भएको छ ।

जसअनुसार उक्त बैंकका कर्मचारी, कार्डवाहक तथा ग्राहकलाई ओम समाज डेन्टल अस्पतालमा दन्त रोगको उपचारमा विशेष छुटको व्यवस्था गरिएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सिंह बोहराले ओम समाज डेन्टल अस्पतालसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताउँदै अस्पताल परिवारलाई आभार प्रकट गरे । कार्यक्रममा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुभाष घिमिरले डा. नरेश सिंह बोहरा, बैंकका वरिष्ठ व्यक्तित्व पबन ढकाल, दिपक खनाल, तिलक पाण्डेलाइ मायाको चिनो समेत प्रदन गरे ।

उनले भने ‘दन्त स्वास्थ्य हाम्रो अभिन्न अंग हो, जसको दात सबल हुन्छ, उसको जिबन सफल हुन्छ ।’ कार्यक्रममा ओम समाज डेन्टल अस्पताल प्रसासन प्रखुख अजय रेग्मीको पनि उपस्तिथी रहेको थियो । ओम समाज डेन्टल अस्पतालले निःशुल्क दन्त शिविर तथा स्वास्थ्यमुलक कार्यक्रम गर्दै आएको छ ।

यससँगै अस्पतालले मुक्तिनाथ विकास बैंक, माछापुछ्रे बैंक, बिराज समाज लगायतका सामाजिक संघसंस्थासँग सहकार्य गरिसकेको छ । अगामि दिनमा यस्तो सहकार्यलाई निरन्तरता दिने अस्पतालका प्रसासन प्रमुख अजय रेग्मीले बताए ।

Last modified on 2019-08-01 16:53:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts