छात्रवृत्तिमा अध्ययन गरि फर्केका नर्स काममा गएनन्

सात दिन भित्र कार्यालयमा उपस्थित नभए कारवाही प्रक्रिया बढाइने



Download our app to get more features

काठमाडौं, २२ साउन । चिनमा छात्रवृत्तिमा अध्ययन गरि फर्केका नर्सहरु काममा फर्केका छैनन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरि फर्केका कर्मचारीलाई आफ्नो दरबन्दि भएको कार्यालयमा उपस्थित हुन आग्रह गर्दै सुचना जारी गरेको छ ।

मन्त्रालयले सुचना प्रकाशित मितिले सात दिन भित्र कार्यलयमा उपस्थित नभए आवश्यक कारबाहि अगाडि बढाउने चेतावनी समेत दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिनबाट प्राप्त छात्रवृत्ति कोटामा सेन्टर साउथ युनिभर्सिटिबाट मास्टर इन एड्भान्स नर्सिङ प्राक्टिसमा अध्ययन गर्न गएकाहरु काममा र्फकेका छैनन् । अध्ययन सम्पन्नपछि आफ्नो दरवन्दि भएको ठाँउमा फर्कनुपर्ने हो, तर यस्तो भएकोे छैन् ।  मन्त्रालयले १९ साउनमा अध्ययन गरेर फर्केका नर्सहरुलाई काममा जाने सुचना जारी गरेको हो ।

Last modified on 2019-08-08 06:24:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts