स्वास्थ्य सेवाका कर्मचारीको नयाँ तलबमान सच्याउन एनएमएको माग 



Download our app to get more features


काठमाडौं, २२ साउन । नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले निर्धारण गरेको स्वास्थ्य सेवाका कर्मचारीको तलबमान सञ्चाउन माग गरेको छ । सरकारले २०७६ श्रावण १ गतेदेखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरिएको छ । संघले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै  प्लस टु अध्ययन पश्चात ५ बर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको र एसएलसी पश्चात्त सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिकोप्रति एनएमको  ध्यानाकर्षण भएको जनाएको छ ।

साथै नेपाल सरकारको सेवामा प्रवेश गर्दा एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको शुरु नियुक्ती नै ८ औं तहबाट भई रहेको छ । यस  अवस्थामा एसएलसी अध्ययन पश्चात नेपाल सरकारको प्राथमिक तृतीय श्रेणी सरहको तलबमानले चिकित्सकहरुलाई आर्कषित गर्न नसक्ने क संघको ठहर छ । त्यसैले विद्यमान तलबका सम्बन्धमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायले तलबमान सञ्चाउन संघले माग गरेको छ । 

मितिः २०७६-०४-२२

प्रेस विज्ञप्ती

चालू आर्थिक बर्षको शुरुवातसँगै नेपाल सरकारले आफू मातहतका कर्मचारीहरुको नयाँ तलबमान २०७६ श्रावण १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएकोमा १० ं २ अध्ययन पश्चात् ५ बर्ष एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको तलबमान तथा एसएलसी अध्ययन पश्चात् सेवा प्रवेश गर्ने प्राथमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर हैसियतमा विनियोजन गरिकोप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

मिति २०७४ असोज १३ गते तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाज्यूको समुपस्थितिमा स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच सम्झौता गरी प्रमुख विशेषज्ञको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाई प्रतिवेदन तयार भएको र सोही प्रतिवेदनलाई कार्यान्वयन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पारिश्रमिक तथा सुविधालाई समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता विपरित हालको अवैज्ञानिक र असमानजनक तलब बिनियोजन गरिनुले गम्भिर आंशका पैदा गरेको छ ।

एमबिबिएस अध्ययनका लागि धेरै खर्च लाग्नुका साथै १० ं २ अध्ययन पश्चात् ५ बर्ष एमबिबिएस अध्ययन गर्नु पर्ने प्रावधान रहेको सबैलाई विदितै छ । साथै नेपाल सरकारको सेवामा प्रवेश गर्दा एमबिबिएस अध्ययन गरेका चिकित्सकहरुको शुरु नियुक्ती नै ८ औं तहबाट भई रहेको अवस्थामा एसएलसी अध्ययन पश्चात् नेपाल सरकारको प्राथमिक तृतीय श्रेणी सरहको तलबमानले चिकित्सकहरुलाई आर्कषित गर्न नसक्ने नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले विद्यमान तलबका सम्बन्धमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायले गम्भिर रुपमा मनन गरी अभिलम्ब उक्त तलबमान सञ्चाउन नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।

साथै उक्त असमानजनक तलब विनियोजनका कारण नव आगन्तुक चिकित्सकहरुलाई नेपाल सरकार मातहतका सरकारी सेवामा आकर्षित गर्न नसक्ने एवं सरकारी सेवामा समर्पित भई रहेका चिकित्सकहरुको मनोबल समेत गिर्ने गम्भिर प्ररिस्थितिले समग्र स्वास्थ्य सेवा प्रवाहमा असर पु¥याउने प्रायः निश्चित भएको हुदा यस सम्बन्धमा सरोकारवाला निकाय गम्भिर हुन समेत यस संघ अपिल गर्दछ ।

 

डा. लोचन कार्की
महासचिव

Last modified on 2019-08-08 10:50:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts