स्वास्थ्य अवस्था सामान्य पाइएपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै



Download our app to get more features

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदैछन् ।
स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै छन् । स्वास्थ्य परीक्षण लम्बिएकाले फर्किने कार्यक्रम आजलाई सरेको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । 

सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउँदा उनको अवस्थामा  सामान्य भएपछि ओली आज अपरान्ह स्वदेश फर्कन लागेका हुन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए ।
 

Last modified on 2019-08-14 09:04:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts