नागरिकको पहुँचमा बीमा कार्यक्रम प्रभावकारी रुपमा पुर्याउन बीमा बोर्डलाई सरकारको निर्देशन



Download our app to get more features

काठमाडौं, २८ साउन । सरकारले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न लक्ष्य र कार्यक्रम बनाई अघि बढ्न राष्ट्रिय बीमा बोर्डलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार आयोजित बीमा बोर्डको बैठकलाई सम्बोधन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले ७७ वटै जिल्लामा बीमा कार्यक्रम कसरी प्रभावकारी हुन सक्छ भन्ने विषयमा विशेष कार्यक्रम बनाई अघि बढ्न दिएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रम पनि यस आर्थिक वर्षभित्र बीमा सेवालाई देशैभर पु¥याउने लक्ष्य रहेकोले त्यहि अनुसार अघि बढ्न काम गर्न आग्रह गरे ।
 
हालसम्म देशको ६ प्रतिशत जनतामा मात्र बीमाको पहँुच रहेको उल्लेख गर्दै उनले भने, ‘यो सुरुवाती अवस्था हो, भर्खर संस्थागत संरचना तयार गरिदैछ, निराश नहोऔं अब स्पष्ट कार्यक्रम बनाएर काममा तिव्रता दिनुपर्छ ।’ 

बैठकमा उठेका अप्ठ्यारा पक्षलाई समाधान गर्दै बीमा बोर्ड, स्वास्थ्य र अर्थ मन्त्रालयबीच राम्रो समन्वय गरी अप्ठ्यारालाई फुकाउदै अनुगमनलाइ प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए ।

अहिले स्वास्थ्य बीमा कार्यक्रम चलाउन निजी अस्पतालले पनि ईच्छा राखेको र उनीहरुको सेवा सुविधाको अवस्था कस्तो छ त्यसको अनुगमन गरेर बोर्डले निर्णय गर्ने भन्दै उनले फार्मेसी छ कि छैन, फार्मेसी र अस्पताल सँगै जोडिनुपर्छ, त्यो छ कि छैन भन्ने पनि अनुगमन गर्नुपर्ने बताए ।

बैठकमा राष्ट्रिय स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले संस्थाको विभिन्न क्षेत्रमा भएका काम कारबाहीका बारेमा जानकारी गराएका थिए । 
 

Last modified on 2019-08-14 09:07:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts