‘एक विद्यालय एक नर्स’ ५ प्रदेशमा सञ्चालनका लागि मापदण्ड बनाइँदै



Download our app to get more features

काठमाडौं, २८ साउन । सरकारले बाँकी रहेका पाँच प्रदेशमा अबको केहि दिनमै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम शुरु गर्नका लागि मापदण्ड बनाउने काम अघि सारेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाका अनुसार प्रदेश नम्बर २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा कार्यक्रम सञ्चालनका लागि मापदण्ड बनाउने काम शुरु गरिएको छ ।

शसर्त अनुदानबाट सञ्चालन हुने कार्यक्रमका लागि विद्यालय छनौट, बजेट खर्चको विषयमा मापदण्ड बनाउने काम भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख रोशनी टुईटुईले हाम्रो डाक्टरसँग कुराकानी गर्दै कार्यक्रमका लागि सबैप्रदेशलाई झन्डै डेढ अर्बको दरले बजेट पठाएको र प्रदेशले विद्यालय छनौटका लागि मापदण्ड पनि अबको एक दुुई दिनमै पठाइने बताइन् ।

उनले भनिन्, ‘प्रदेश १ र ३ मा कार्यक्रम निकै प्रभावकारी भएकोले अब अन्य प्रदेशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी हुँदैछ ।’

उनले कार्यक्रम अन्र्तगत विद्यालयमा बालबालिकाको शिक्षाका साथ साथै स्वास्थ्यका लागि पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै उनीहरुको स्वास्थ्य अवस्थाको पनि अभिलेख राख्ने काम गरिने बताइन् ।

सरकारले विद्यालयमा बालबालिकाको उपस्थिति राम्रो बनाउन र उनीहरुको मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेको हो ।

Last modified on 2019-08-14 09:08:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts