स्वास्थ्यको कारण देखाउँदै सांसद सुर्यनारायण यादवले दिए राजीनामा 



Download our app to get more features

काठमाडौं, २८ साउन । स्वास्थ्यका कारण प्रतिनिधी सभा सदस्यबाट सांसद सुर्यनारायण यादवले राजीनामा दिएका छन् । उनी मेडिकल डाक्टर समेत हुन् ।

यादवले सोमबार प्रतिनिधिसभामा राजीनामा दिएका हुन्  । यादव सिप्तरी १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

यादवले स्वास्थ्य समस्याका कारण प्रतिनिधी सभामा समय दिन नसक्ने विवरण उल्लेख गरेर सभामुख कृष्णबहादरु महरालाई राजीनामा बुझाएका हुन् । राजीनामा भने स्विकृत भएको छैन। 
उनी समाजवादी पार्टीका सांसद हुन् । सोहि पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री समेत छन् ।  
 

Last modified on 2019-08-13 14:37:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts