नर्सिङ काउन्सिलको तीन सदस्यमा आठ जनाको उम्मेदवारी



Download our app to get more features

काठमाडौं, २८ साउन । नेपाल नर्सिङ काउन्सिलको बोर्ड सदस्यका लागि आठ नर्सले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिले आइतबार साँझ ५ बजेसम्म लागि उम्मेदवारी दर्ता गराउन समय दिएको थियो । काउन्सिलको निर्वाचन २८ भदौमा हुँदैछ ।

उम्मेदवारी दिनेमा डा. तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की, रिना श्रेष्ठ, सरला केसी, जिता बराल र मित्रकुमारी देवकोटाले उम्मेदवारी दत्र्ता गराएका छन् ।

निर्वाचन समितिले मंगलबार साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने सूचना जारी गरेको छ ।

काउन्सिलको सदस्यका लागि उम्मेदवारी दिन नर्सिङ संघको सदस्यता लिएको पाँच वर्ष पुरा भएको हुनुपर्ने छ । निर्वाचनमा नर्सिङ संघमा आबद्ध नर्सले मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

Last modified on 2019-08-13 18:49:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts