चिकित्सक पदस्थापन प्रक्रियामा चिकित्सक संघको असन्तुष्टि 

समायोजन ऐन र जेष्ठतालाई आधार नबनाएको आरोप



Download our app to get more features

काठमाडौं, २८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका चिकित्सकहरूको पदस्थापन वर्तमान समायोजन ऐन र जेष्ठताका आधारमा नभएकोप्रति नेपाल चिकित्सक संघ (एनएमए) को ध्यानाकर्षण भएको छ । 

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा पूर्वाग्रही ढंगबाट कुनै व्यक्ति विशेषलाई लक्षित गर्दै शक्ति र दबाबमा समायोजन र पदस्थापन गरिएको एनएमएको आरोप छ । 

यस्तो विवादास्पद र गैरन्यायिक निर्णयले समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पुग्ने एनएमएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसकारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निश्चित कार्यविधि र मापदण्ड वैज्ञानिक एवं पारदर्शी रुपमा तयार गरी कार्यान्वयन गर्न यस एनएमको माग छ । 

चिकित्सकहरूको विवादास्पद र पूर्वाग्रही ढंगबाट पदस्थापन गरिएमा जस्तोसुकै कदम चाल्न बाध्य हुने भन्दै एनएमले सम्बन्धित  सरोकारवाला निकायलाई चेतावनी दिएको छ । 


 

Last modified on 2019-08-13 18:50:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts