१५ माघ अघि नै चिकित्सक संघले निर्वाचन सक्ने



Download our app to get more features

काठमाडौं, २८ साउन ।  नेपाल चिकित्सक संघ (एनएमए) ले १५ माघ अघि नै निर्वाचन सक्ने तयारी गरेको छ । निर्वाचनका लागि तोकिएका प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले मंसिरसम्म मतदाता अपडेट हुने क्रम जारी रहने बताए । 

चुनावका लागि प्रमुख निर्वाचन अधिकृतले दुई सदस्य सिफारिस गर्नुपर्नेछ । मरासिनीले ती दुई जनाको नाम सिफारिस गरिसके पनि एनएमले मनोनयन गर्न बाँकी रहेको बताए । 
एनएमए आफैमा एउटा स्वतन्त्र संस्था भए पनि यसको चुनावमा राजनीतिक प्रभाव पर्दै आएको छ ।  

निर्वाचनमा कांग्रेस निकट चिकित्सकहरुले प्रजातान्त्रिक समूह र कम्युनिष्ट  निकट समुहले समावेशी प्रगतिशील समूह भनेर उम्मेदारी दर्ता गर्दै आएका छन् । यस अघिका कार्यसमितिमा कांग्रेस निकट चिकित्सक हावी हुँदै आएका छन् । 

Last modified on 2019-08-14 09:09:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts