सुदूरपश्चिममा एक मात्र शव वाहन, चर्को मुल्य तिरेर निजी सवारीमा शव ओसार्न बाध्य 



Download our app to get more features

डडेल्धुरा, २८ साउन ।  सुदूरपश्चिम प्रदेशमा एक मात्र शव वाहन रहेको पाइएको छ । प्रदेशभरमा कैलालीको धनगढी उपमहानगरपालीकाको नेपाल रेडक्रस सोसाइटी संग मात्र शव वाहन रहेको पाइएको हो । 

धनगढी बाहेक कुनै पनि जिल्लामा शव वाहन नरहेको तथ्याङ भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय  डोटीका जनस्वाथ्य निरिक्षक रमेश मलासीले जानकारी दिए ।

‘अहिले कुनै पनि जिल्ला अस्पतालसंग शव वाहन छैन’ उनले भने ‘यस वर्ष भने प्रदेश सरकारले विभिन्न जिल्लामा शव वाहन खरिद गर्न बजेट छुट्याएको छ ।’

चर्को मुल्य तिरेर निजी सवारीमा शव ओसार्न बाध्य 
सुदूरपश्चिम प्रदेशका ८८ स्थानिय तह मध्य एउटासंग मात्र शव वाहन हुँदा यहाँका स्थानीयले निकै सास्ती खेप्नु परिरहेको छ । १ उपमहानगपालीका बाहेक  ३३ नगरपालिका र ५४ गाउँपालिका भएको यस प्रदेशमा एक मात्र शव वाहन रहेकाले यहाँका नागरिक चर्को मुल्य तिरेर निजी सवारीमा शव ओसार्न बाध्य छन ।

प्रदेसभरमा एउटा मात्र शव वाहन हुनु दुखद भएको स्थानीयहरुको भनाइ छ । जिल्लामा मात्र हैन, जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा समेत निजी सवारीमा बोकाएर आवत–जावत गर्नुपर्ने बाध्यता रहेको छ। 

पहुँचवालाहरुले त पैसा तिरेर शव ओसार्न सवारी साधन खोज्ने तर गरिवहरुले भने समस्या झेल्नु परेको अजयमेरु गाउँपालिका स्थानीय  पदम विकले बताए। उनले भने, ‘पहुँच भएकाहरु आफ्नो व्यवस्था मिलाइ हाल्छन् तर गरिव

निमुखाहरुले भने आफन्तको मृत्यु भएपछि डोको, बोरामा नत्र चर्को मुल्य तिरेर जीप र ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यता  छ।’

चिनजान नभएको सवारी धनिले शव बोक्न नमान्ने र मानिहाले पनि चर्को भाँडा लिने गरेका स्थानीयहरु बताउँछन्। निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरु समस्यामा पर्ने गरेका छन्। 

कहिकतै दुर्घटना भयो वा अस्पतालमै विरामीको मृत्यु भएपछि समस्या हुने भएकाले सरकारले ध्यान दिनुपर्ने डडेल्धुराका स्थानीय लोकेन्द्र विष्टले बताए।

शव पोष्टमार्टम तथा सतगति गर्नुपर्यो भने निकै समस्या हुने गर्दछ।’ कुनै अप्रिय घटना आत्महत्या, भैपरी आएका घटना, दुर्घटनामा कुनै व्यक्तीको शवपरिक्षण समस्या पर्ने गरेको छ। 

अतिआश्यक रुपमा रहेको शव वाहन किन्नको लागी स्थानीय प्रसासन तथा स्थानीय सरकारले अग्रसर हुनुपर्ने डडेल्धुरा अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द्र कँडेलको भनाइ छ।

उनले भने, ‘अस्पतालबाट एक ठाउँबाट अर्को ठाउँमा शव लैजान परिवारलाई गाह्रो हुने गर्दछ। निजि गाडीले शव लैजान मान्दैन, लैजाने गाडीले दुई तिन गुणा बढि शुल्क लिने गरेका छन ।’

हरेक स्थानीय तहहरुलाई शव वाहन अति आवश्यक भएकाले आ–आपmनो क्षेत्रमा शव वाहन किन्न जरुरी छ ।

देश संघिय संरचनामा गइसकेकाले  शव वाहन किन्नका लागी स्थानीय, प्रदेश र केन्द्र सरकारले छिटोभन्दा छिटो शव वाहन किन्न आवश्यक रहेको छ ।

समाजमा दिनानुदिन विभिन्न कारणले मानिसहरुको मृत्यु भइरहेकाले शव वाहन किन्न सबैले ध्यान दिनुपर्ने जरुरी छ ।


 

Last modified on 2019-08-14 09:10:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts