हेली रेस्क्युबाट ओम अस्पतालमा बिरामी ल्याइयो



Download our app to get more features

काठमाडौं, २९ साउन  ।चावहिलमा रहेको ओम अस्पताल तथा रिसर्च सेन्टरले मंगलबार चितवनमा सडक दुर्घटनामा गम्भिर घाईते भएका बिरामी प्रेम बहादुर चौधरीको उद्धार गरेको छ ।

भरतपुरस्थित एक अस्पतालमा प्रारम्भिक उपचार गराइरहेका उनलाई  अस्पतालको हेली इएमएस टिमले मंगलबार अपरान्ह रेस्क्यु गरेको हो ।

उनको टाउकोमा रगत जमेको, फोक्सो बाहिर रगत जमेको, मिर्गौलामा चोट लागेको, मेरुदण्ड फ्र्याक्चर भएको र पेटमुनी प्यारालाईसिस भएको छ । उनको अहिले ओम अस्पतालको सघन उपचार कक्षमा सघन उपचार बिशेषज्ञ डा. प्रमेश सुन्दर श्रेष्ठ, डा. बिपिन कार्की, डा. गौरव राज ढकाल, डा. कजन राज श्रेष्ठ, डा. चन्द्रमान प्रजापति लगायतका डाक्टरहरुको टिमले उपचार गरिरहेको छ ।

रेस्क्युका लागि अस्पतालको सघन उपचार कक्षमा कार्यरत इन्टेसिभिष्ट डा. बिपिन कार्की र सघन उपचारका नर्सिङ्ग इन्चार्ज सबिना ढकाल चितवन गएका थिए ।  हेली एभरेष्टको कल साइन ‘नाइन एन एकेपि’ हेलिकप्टरकाबाट उनलाई ल्याइएको हो ।

 अस्पतालले देशको दुर दराजमा र दुर्गम स्थानहरुमा रहेका स्वास्थ्यमा गम्भिर समस्या रहेका बिरामीहरुलाई बिशेषज्ञ चिकित्सक दक्ष नर्स र जिवन रक्षक ‌औषधि तथा भेन्टिलेटर सहितका आवश्यक सामग्रिहरु सहित हेलिप्टरमा पुगेर मेडिकल इभ्याकुएसन गर्दै आएको छ ।

सघन तथा बिशिष्ट उपचार सेवा देशभर पुर्याउने लक्ष्य सहित बिगत केहि समययता अस्पतालले सडक एम्बुलेन्ससँगै हेली इएमएस सेवा सुरु गरेको अस्पतालका प्रवन्ध संचालक बाबुकाजि कार्कीले बताए ।

Last modified on 2019-08-14 13:39:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts