भान्साको डाक्टर: बेसार 



Download our app to get more features

हाम्रो भान्सामा तयार हुने लगभग सबै खाद्य सामाग्रीहरुमा सौन्दर्य, रंगरुप र सुगन्ध वृद्धि गर्ने हुनाले बेसारलाई मसलाको राजा भन्दा फरक पर्दैन् । हाम्रो परम्परागत पाकशास्त्रको उल्लेखनीय योगदान मान्नुपर्दछ की बेसारजस्तो महालाभकारी मसलालाई प्रत्येक खानामा स्थान दिइएको छ । हुन पनि हो बेसार स्वाद, सौन्दर्य र सुगन्ध तिनै दृष्टिले सर्वाेत्तम वनस्पति हो । भनिन्छ, जसलाई मरमसलामा रुचि रहन्न, उसले कम्तीमा बेसारको प्रयोग अनिवार्यरुपमा गर्नुपर्दछ किनकि हेर्दा पहेलो देखिने ताजा बेसारमा झण्डै १५ सय किसिमका रोगहरुसंग लड्ने क्षमता हुन्छ ।
आयुर्वेदीय मतानुसार बेसार तातो प्रकृतिको मसला हो ।

बेसार सनतुलित स्वास्थ्यका लागि आवश्यक सन्तुलित स्वास्थ्यका लागि आवश्यक त्रिदोष, सप्तधातु र शरीरभित्र अवस्थित मलविकारको मात्रालाई सन्तसलित गर्न चाहिने अनेकौं सुक्ष्म रसायनहरुले भरिपूर्ण हुन्छ । देश विदेशमा गरिएका अनेकौं शोधअध्ययनहरुले यसलाई सौन्दर्यप्रदायक, रक्तशोधक, कफवात नाशक, पित्त शामक, कलेजो उत्तेजक तथा स्वास्थ्यवद्र्धक औषधिको रुपमा सिद्ध गरेका छन् । आधुनिक खोज अध्ययनअनुसार बेसार स्वयममा एन्टीबायोटिक र एन्टीसेप्टिक वनस्पति हो ।

अमेरिकी नेसनल इनिस्टच्युट अफ हेल्थले अहिलेसम्म विभिन्न रोगहरुमा बेसारको उपचारात्मक प्रभावको अध्ययन गर्न ७१ भन्दा बढि अनुसन्धान कार्यहरु सम्पन्न गरिसकेको छ । 

  • बेसारको प्रयोगले खानाको परिकारलाई शुद्ध, हाइजेनिक र चित्ताकर्षक बनाई स्वस्थकर राख्दछ । 
  • बेसारको मिश्रणले खाना, तरकारी या कुनै पनि पक्वानलाई उचित मात्रामा पाक्न सजिलो बनाइदिन्छ । 
  • बेसारयुक्त भोजनको पाचन सजिलोसंग मात्र हुदैन, आन्द्रा र मलाशयसम्मको फोहरमैला निकाल्न सहयोग गर्दछ । साथै, ती आन्तरिक अंगको कार्यक्षमतामा समेत वृद्धि गर्दछ ।
  • शरीर चिलाउने, खटिरा निस्कने, एलर्जि हुनेजस्ता छालाका विभिन्न रोगमा विभिन्न रोगमा बेसार अत्यन्त उपयोगि वनौषधि हो । 
  • पेटको किरा, जुका तथा व्याक्टेरियल इन्फेक्सनमा बेसारको क्वाथ साह्रै फाइदाकारी हुन्छ । 
  • काटेको, पोलेको या अन्य चोट लागेका बेलामा बेसारको धुलो दुधमा मिसाइ सेवन गर्दा फाइदा हुन्छ । 
  • खोकी लागेमा काँचो बेसारको टुक्रा मुखमा राखी चुस्नाले निको हुन्छ । 
  • बेसारसंग नून र आलसको तेल राखी सेक्नाले सुन्निएको, दुखेको र चोट लागेकोमा तुरुन्त आराम मिल्छ । 
  • रुघाखोकी, टाउको दुख्नु, दाँत दुख्ने, चिसोले कक्रिएको स्थितिमा बेसार मिसाइ उमालेको पानी पिएमा रामवाण समान कार्य गदर्छ । 
  • मूत्ररोगमा यसको काढा (सुप)को सेवनले असाध्यै राम्रो गर्दछ । 
  • साइनोसाइटीस, माइग्रेन, पिनास आदिमा मनतातो पानीमा बेसार राखी पिउँदा निकै आराम मिल्दछ ।     
  • आँखाको सुख्खापन, रातोपन या अन्यकारणले आँखा दुखेको बेलामा बेसारपानीले धुने र झोल औषधिजस्तो गरी आँखामा केहि थोपा राख्ने हो भने त्यसले तुरुन्त राहत मिल्दछ । 
  • बहुमूत्र तथा मधुमेहजस्ता कष्टकार रोगमा बेसार र अमलाको रस मिसाई सेवन गर्नु लाभकारी हुन्छ । 
     
Last modified on 2019-08-16 08:55:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts