दृष्टिविहीनको अद्भुत शक्तिः छामेरै स्तन क्यान्सरको पहिचान



Download our app to get more features

काठमाडौं, ३२ साउन । डिस्कभरीङ ह्याण्डस नामक एक जमर्नी संस्थाले दृष्टिविहिन महिलाहरुलाई क्लिनिकल ब्रेस्ट एक्जामिनरका लागि प्रशिक्षण प्रदान गर्दै आएको छ ।

जसमा दृष्टिविहिनहरुको ज्ञानेन्द्रिय अंगको प्रयोगले स्तन क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्न सक्ने डिस्कभरीङ ह्याण्ड्का संस्थापक एवं प्रमुख जर्मन डा. फ्रयांक हफम्यानले बताए ।

मानिसको शरीरमै अद्भुत शक्ति रहने र सोही शक्तिको उपयोगले धेरै समस्याको समाधान गर्नसक्ने विषयलाइ मध्यनजर गर्दै शनिबार मेडिसिटि अस्पतालले कार्यक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रममा उपस्थित डा हफम्यानले  स्तन क्यान्सरको प्रारम्भिक खोज र उपचारले क्यान्सरसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकास गर्ने समेत बताए ।

‘यस्तो सृजनशील पद्धती जसमा दृष्टिविहीन महिलाहरुले आफ्नो हातको क्षमतालाई प्रयोग गर्दै क्यान्सर हुन सक्ने या नसक्नेबारे पहिचान गर्न सक्छन्’, उने भने । 
‘यसले धेरै महिलाहरुको जीवन रक्षा गर्न सक्दछ’, डा. हफम्यानले थपे ।

नेपाल मेडीसिटि अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीले यस किसिमका विभिन्न पृथक क्षेत्रमा काम गर्दै नेपालको स्वास्थ्य क्षेत्रलाइ गुणस्तरीय र थप विश्वसनीय बनाउन लागि परिरहेको बताए । स्तन क्यान्सर नेपाली महिलाहरुमा अत्याधिक मात्रामा देखिएको समस्या हो ।

सन् २०१२ को तथ्यांकअनुसार करिब १७०० महिलाहरु देखिएकोमा जुन संख्या बढ्दै गएको पाइन्छ । तर, वास्तविक कति छ भन्ने यकिन तथ्याङक छैन । नेपालजस्तै तुलनात्मक रुपमा कम स्रोत र साधन भएका मुलुकहरुमा स्तन क्यान्सर ढिला पत्ता लाग्ने गरेको अनुभव छ । जसकारण महिलाहरुले आवश्यक उपचार नपाउने र पूनस्थापना जान कठिन हुने पाइएको छ ।

Last modified on 2019-08-19 08:21:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts