कार्यालयमा ओभर टाइम गर्ने बानी छ ? सर्तक हुनुस् ! तपाईंलाई बिरामी पार्न सक्छ



Download our app to get more features

तपाईं कार्यालयमा बढी समय बस्ने गर्नुभएको छ ? ओभर टाइम गरेको ग¥यै हुनुहुन्छ ? उत्तर सकारात्मक छ भने , सतर्क हुनुस् ।

बढी ओभर टाइम गर्ने बानीले तपाईको मुटुलाई बिरामी पार्न सक्छ । अमेरिकी हार्ट एसोसिएसनको म्यागजिन ‘सर्कुलेसन’ मा प्रकाशित एउटा अध्ययनले यस्तै भनेको छ ।

तपाईं आफ्नो कार्यालयलाई नै घरजस्तो सम्झिन थाल्नुभएको छ, बासै एक प्रकारले कार्यालयमा हुन थालेको छ, शारीरिक रुपले धेरै सक्रिय हुनुहुन्छ, स–साना कुरामा पनि रिसाउन थाल्नुभएको छ, भावनात्मक रुपले टेन्सनमा बसिरहनुहुन्छ भने तपाइको शरीरको अमूल्य अंग मुटु जुन बेला पनि अस्वस्थ हुन सक्छ ।

भावनात्मक रुपमा समस्यामा रहनु, धेरै बढी रिसाउनु, धेरै बढी शारीरिक श्रम गर्नु पनि हृदयघातको कारण बन्न सक्ने पुष्टि अध्ययनले गरेको छ । यससम्बन्धी अनुसन्धानमा रिस वा भावनात्मक रुपले समस्या रहने व्यक्तिमा एक घण्टाभित्र हृदयघातको लक्षण देखिनुबीच सम्बन्ध पाइएको छ ।

अध्ययनका अनुसार, जो व्यक्ति धेरै बढी भावनात्मक तनाव लिन्छन् र बढी मिहिनेत गर्छन्, उनीहरुमा रक्तचाप बढ्छ । यसले गर्दा मुटुको चालसमेत बढ्छ र धमनीमा रगतको प्रवाहमा परिवर्तन हुन थाल्छ । अनि मुटुमा रक्तसञ्चार कम हुन्छ, जुन हृदयघातको कारण बन्छ ।

Last modified on 2019-08-19 08:21:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts