यस्ता व्यवहार देखिए इन्टरनेटको लत


Download our app to get more features
Spark_health_home Birat Hospital

तपार्इं इन्टरनेटमा धेरै समय भिडियो गेम खेल्नमा बिताउनु हुन्छ ? के तपार्इं बाध्यात्मक हिसाबले अनलाइन सपिङ्ग गर्नु हुन्छ ? के तपार्इं आफ्नो फेसबुकमा आउने सूचनाहरू घरिघरि हेर्नबाट आफुलाई रोक्न सक्नु हुन्न ? के तपार्इंको यस्तो किसिमको बानीले दैनिक जीवन–काम, सम्बन्ध अथवा पढाईमा असर त परिरहेको छैन ? यदि तपाईंको उत्तर ‘हो’ भने तपाईंलाई इन्टरनेटको लत छ । 

विश्वव्यापी तथ्यांक हेर्ने हो भने आम जनसंख्याको करिब ३८ प्रतिशतमा यस्तो समस्या छ भने अमेरिकी तथा यूरोपेली देशमा जनसंख्याको ८ दशमलब २ प्रतिशतसम्ममा यो समस्या देखिएको विभिन्न अध्ययनले देखाएका छन् ।
इन्टरनेटको लतलाई यसरी वर्गीकरण गरिएको छ ः–
१. नेट कम्पलसन अर्थात् अनलाईन सपिङ्ग धेरै गर्ने ।
२. अनलाइन गेम प्लेइङ एडिक्सन अर्थात इन्टरनेटमा धेरै गेम खेल्ने लत ।
३. साइबर सेक्सुअल एडिक्सन अर्थात् इन्टरनेटमा पाइने यौन उत्तेजनात्मक लेख, पोस्टर वा भिडियोको लत ।
४. साइबर रिलेसन एडिक्सन अर्थात् धेरै मात्रामा च्याट, म्यासेन्जर, फेसबुक, इन्स्ट्राग्राम वा इमेल जस्ता सामाजिक सञ्जालको प्रयोग गरिराख्ने लत ।

vayoda

bp_ad

इन्टरनेट वा स्मार्ट फोनका लतले गर्ने असर
अरु मानसिक समस्यामा जस्तंै एउटा मात्रै कारण यसमा भन्न सकिदैन । इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको समिश्रणले गर्दा हुन सक्छ । 
मानसिक लक्षण

  •     तनाव, चिन्ता तथा बेचैनी, उदासीनता ।
  •     निन्द्राको समस्या ।
  •     थकान महशुस हुनु ।
  •     रक्सिको दुरुपयोग बढ्नु ।
  • कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने 
  • ध्यान केन्द्रित गर्न समस्या हुने ।

शारीरिक लक्षण

  1.     ढाड दुख्ने ।
  2.     टाउको दुख्ने ।
  3.     घाँटी र गर्दन दुख्ने ।
  4.     आँखामा समस्या (सुख्खापन र देख्नमा समस्या) ।
  5.     खान मन नहुने ।
  6.     वजन वा तौल घट्ने ।

इन्टरनेटसम्बन्धी लत भन्नको लागि बिशेष गरि यति नै समय फोनमा बिताउनु पर्ने अथवा यति नै पटक सामाजिक सञ्जालमा आउने सूचना हेरिरख्नु पर्ने भन्ने छैन । तर जब यसले हाम्रो दैनिक जीवनका सम्बन्ध, काम वा पढाईमा असर गर्न थाल्छ त्यो बेला यसलाई समस्या मानिन्छ ।
 

यस्तो समस्याको संका लागेमा के गर्ने ?
१. सर्वप्रथम यो समस्या हो वा होइन भनेर पहिचान गर्ने । जबसम्म समस्या हो कि भनेर सोचिन्न तबसम्म उपचारको लागि अघि बढिन्न ।
२. व्यवहार परिमार्जन गर्ने 

  • फोन वा इन्टरनेट कति समय चलाउने भन्ने कुरा दैनिकीका आधारमा निर्धारण गर्ने वा आफुले गर्नुपर्ने केहि कार्य सकेपछि सो सकेको इनामको रुपमा मात्र प्रयोग गर्ने ।
  • दिनमा केहि समयका लागि आफ्नो फोन बन्द गर्ने (जस्तंै गाडी चलाउँदा, खान खाँदा, बच्चाबच्चीसँग खेल्दा र बाथरुम जाँदा) ।
  • रातको समय सुत्न लाग्दा फोन प्रयोग नगर्ने ( फोनबाट उत्सर्जन हुने निलो किरणले निन्द्रामा समस्या ल्याउँछ ) ।
  • कहिलेकाही एक्लो रहँदा वा अल्छी लाग्दा फोन चलाउनबाट रोक्न गार्हो हुन सक्छ । यस्तो अवस्थामा अरु कुनै कार्यप्रति ध्यान केन्द्रित गर्ने (जस्तै ध्यान गर्ने, कुनै किताब पढ्ने वा कुनै साथीसँग गफ गर्ने) ।
  • फोन बाट फेसबुक, इन्स्ट्र, म्यासेन्जर, ट्वीटर जस्ता एपहरु हटाउने ।
  • कतिपय व्यक्तिमा बारम्बार फोन हेर्ने वा चलाउने बानी हुन्छ । यस्तो अवस्थामा फोनको प्रयोग गर्ने समयावधि बिस्तारै सिमित गर्दै लग्न सकिन्छ । (जस्तै पहिले १५ मिनेटको अन्तरमा सिमित राख्ने त्यसपछि ३० मिनेट अनि बिस्तारै १ घण्टा ।)
  • कहिलेकाही अलार्म राखी प्रयोग गर्ने समयअवधि निर्धारण गर्ने ।

३. माथि उल्लेखित तरिकाहरु बाहेक समस्याको अवस्था हेरी आवश्यकता अनुसार कग्निटिभ बिहेबियेर थेरापी जस्ता मनोवैज्ञानिक उपचार विधिको प्रयोग समेत गर्नुपर्ने हुन सक्छ । 
 

Last modified on 2019-08-20 16:39:12

ohm pharmaceuticals samyog_advertisement alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts