प्रदेश ५ सरकारका १२ निर्णयः प्रादेशीक अस्पतालमा करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गरिने



Download our app to get more features

रुपन्देही, ४ भदौ । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रदेश नम्बर ५ को मंगलबार बसेको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । 

सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले करार सेवामा रहेका प्रदेशका अस्पतालहरुका कर्मचारीहरुको म्याद थप गर्ने  लगायतका निर्णय गरेको जानकारी गराए ।

प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सरकारले प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत गरेको जानकारी दिए । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता चौधरीले लोक सेवा आयोगको संगठन र सोही अनुसारको दरबन्दी समेत स्वीकृत गरेको जानकारी दिए ।

सरकारको निर्णय अनुसार प्रदेश लोकसेवा आयोगमा १३ जना कर्मचारीको दरबन्दी स्वीकृत भएकोे छ ।यस्तै प्रदेश सरकारले संघ संस्था दर्ता नियमावली समेत स्वीकृत गरिएको छ । संघ संस्था दर्ता ऐन बनेको धेरै भएपनि नियमावलीको अभावमा एैन कार्यान्वयनमा आउन सकेको थिएन ।

प्रदेशमा समायोजन भएर आएका ११औ तह देखि कार्यालय सहयोगी सम्मका कर्मचारीहरुको तलव स्केल केन्द्र सरकारले तोकेको अनुसार नै व्यवस्था गर्ने निर्णय गरिएको छ ।त्यसैगरी बैठकले प्रदेशको वन निर्देशकमा जगदिश प्रसाद गुप्तालाई नियुक्ती गर्ने , प्यूठान जिल्लाको लुङ्ग्ग्री–माडी सिंचाई आयोजनाको लागि अस्थायी दरबन्दी सृजना गरी कार्यालय स्थापना गर्ने जस्ता निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।

उक्त आयोजनाका लागि हाललाई ११ जना कर्मचारीको व्यवस्था गरिएको छ ।यसका साथै खानेपानीको लागि दाङ्ग जिल्लाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको अस्थायी कार्यालय बाँके जिल्लामा स्थापना गर्ने निर्णय गरेको छ ।त्यस्तै मदरसा शिक्षा कार्यवधि २०७६ मन्त्री परिषद्ले स्वीकृत गरेको छ । यस्तै बैठकबाट सेवा केन्द्र तथा पुर्नस्थापना केन्द्र स्थापना सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ लाइ प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ ।
 

Last modified on 2019-08-21 15:00:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts