दार्चुलाको अपिहिमाल गाउँपालिकाका सबै वडामा प्रसुती केन्द्र 



Download our app to get more features

डडेल्धुरा, ४ भदौ।  दार्चुलाको अपिहिमाल गाउँपालिकाका सबै वडामा सुरक्षित प्रसुती सेवा विस्तार भएको छ । ६ ओटै वडामा प्रसुती सेवा केन्द्र सञ्चालनमा ल्याएपछि सबै वडामा सुरक्षित प्रसुती सेवा विस्तार भएको गाउँपालिका अध्यक्ष धर्मानन्दसिंह मन्यालले जानकारी दिए ।

गाउँपालिकाभरीका आमाहरुले सुरक्षित रुपमा बच्चा जन्माउन पाउन भन्दै प्रत्येक वडामा सुरक्षित प्रसुती सेवा केन्द्र स्थापना गरिएको अध्यक्ष मन्यालले बताए  । ५ वडा गत आर्थिक बर्षमै प्रसुती सेवा केन्द्र सञ्चालनमा आएका थिए भने वडा नम्बर ३ मा केही दिन अघि प्रसुती सेवा केन्द्र सञ्चालनमा आएको शिक्षक मदनराज जोशीले जानकारी दिए ।

वडा नम्बर ३ का वडा अध्यक्ष समुन्द्रसिंह कार्कीले वडाबासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सुरक्षित प्रसुती सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए । सुरक्षित प्रसुती सेवा केन्द्रमा आइ सेवा लिन पनि उनले सबैलाई आग्रह समेत गरेका छन् । 

दार्चुलाको दुर्गम गाउँपालिकाको रुपमा रहेको अपिहिमाल गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवामा गाउँपालिका बासीको पहुँच पुर्याउनका लागि पहल गरिरहेको गाउँपालिकाले जनाएको छ ।

Last modified on 2019-08-21 13:25:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts