भक्तपुर क्यान्सर अस्पतालमा लफडाः नयाँ व्यवस्थापन विरुद्ध अर्बुद रोग निवारण संस्थाद्वारा सर्वोच्चमा रीट



Download our app to get more features

काठमाडौं, ४ भदौ । अस्पतालमा भ्रष्टाचार भएको भन्दै भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालमा हस्तक्षेप गरेपछि नेपाल अर्बुद रोग निवारण संस्था सर्वोच्च अदालत गएको छ । 

भक्तपर नगरपालिकाले संस्थाले सञ्चालन गरेको अस्पतालमा हस्तक्षेप गर्दै नयाँ व्यवस्थापन गठन गरेपछि रुष्ट संस्थाका पदाधिकारीले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । अस्पतालको मौजुदा व्यवस्थापनसँग कुनै छलफल नै नगरीकन निरकुंश शैलीमा राजनीतिक हस्तक्षेप गरेको भन्दै अस्पतालमा रिट दायर गरिएको संस्थाका अध्यक्ष लोकन्द्र कुमार श्रेष्ठले जानकारी दिए । रिटमा भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति, स्थानीय वडाध्यक्ष, अस्पतालका मेडिकल डाइरेक्टर डा. ऋषिकेश नारायण श्रेष्ठलाई विपक्षी बनाइएको छ । 

मुद्दाको पेशी बिहीवारलाई तोकिएको जनाइएको छ । साथै पुरानो व्यवस्थापनले मेडिकल डाइरेक्टर डा. श्रेष्ठलाई निलम्बन समेत गरेको छ । तथापी, उनलाई नयाँ व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुरका मेयर सुनिल प्रजापतिले आउँदो तीनवर्षका लागि मेडिकल डाइरेक्टरका रुपमा नियुक्त गरेका छन् । क्यान्सर रोगका क्षेत्रमा क्रियाशिल अग्रणी संस्था नेपाल अर्बुद रोग निवारण संस्थाले सञ्चालन गर्दै आएको अस्पतालमा भ्रष्टाचार भएको आरोप लगाउँदै नगरपालिकाले पुरानो व्यस्थापन भंग गरेर नयाँ समिति बनाएपछि संस्था र नगरपालिकाबीचको विवाद उत्कर्षमा पुगेको हो । अस्पतालका व्यवस्थापकहरुले संस्थाको अधिकार दुरुपयोग गरि चरम भ्रष्टाचार गरेको आरोप नगरपालिकाको छ । जसलाई संस्थाका पदाधिकारीले अस्वीकार गर्दै आएका छ । 

Last modified on 2019-08-22 18:12:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts