प्रधानमन्त्री ओली आज फेरि सिंगापुर जाँदै



Download our app to get more features

काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदैछन् । 

उपचार गराएर फर्केको १० दिन पछि आज फेरि प्रधानमन्त्री सिंगापुर जान लागेका हुन् । स्वास्थ्य समस्या भएपछि उनी उपचारका लागि सिंगापुर गएका थिए ।

आज दिउसो थाइ एयरको नियमित उडानबाट उनी त्यसतर्फ जाने उनका निजी सचिवालयले जनाएको छ ।

मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म बताइएको छैन ।
 

Last modified on 2019-08-22 18:13:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts