सुरुमै पहिचान भए फोक्सोको क्यान्सर पूर्ण निको हुन्छ



Download our app to get more features

सामान्यतया शरीरका विभिन्न अंगमा हुने क्यान्सर जस्तै हो फोक्सोको क्यान्सर । फोक्सोमा कुनै गिर्खा, गाँठो, ट्युमर पलाएर सर्ने वा फैलनु फोक्सोको क्यान्सर हो । फोक्सोको क्यान्सर २ प्रकारका छन् । स्मल सेल कार्सिलोमा र नन स्मलसेल कार्सिलोमा । नेपालमा अन्य क्यान्सरको तुलनामा फोक्सोको क्यान्सर बढी हुने गरेको छ । 

कारण

फोक्सोको क्यान्सर यही कारणले भएको हो भन्ने पहिचान गर्न गाह्रो छ । तरपनि २/४ वटा कारणले हुन सक्ने सम्भावना भने छन् । मध्यपान, धुम्रपान, खानपान, अव्यवसिथत रहनसहन आदिका कारण फोक्सोको क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

लक्षण

  • फोक्सोको क्यान्सर भएका मानिसमा लगातार खोकी लाग्ने र पछि गएर खोकी बढ्दै जाने हुन्छ ।
  • खाना खान मन नलाग्ने 
  • तौल घट्दै जाने 
  • छाती दुख्ने 
  • खकारमा रगत आउने
  • यी सबै लक्षण फोक्सोको क्यान्सरले मात्र हुँदैन खिन्छ । तर, विषेशगरि     यस्तो लक्षण देखियमा अरु रोग मात्र नभइ फोक्सोको क्यान्सर पनि हुनसक्छ भन्ने बुझ्नुपर्छ । 

समाधानका उपाय        

क्ुनै पनि रोग लाग्नै नदिनु सबैभन्दा राम्रो हो । तर, रोग लागिसकेको भए त्यसको सकेसम्म चाडो उपचारतर्फ लाग्नुपर्छ । 
प्रायः ४० वर्ष पुगेको सबै मानिसले स्क्रीनिङ गर्नु राम्रो हुन्छ । यसो गरेमा क्यान्सरको कुनै लक्षण वा दाग देखियो भने त्यसलाई अरु जाँच गर्न पर्ने÷नपर्ने थाहा हुन्छ । 
कुनै खराबी भएका सुरुको अवस्थामा पत्ता लागे उपचार गर्न  सजिलो हुन्छ ।

उपचार 

यदि सुरुको अवस्थामै रोग पहिचान भए अप्रेसन गरेर पूर्ण निको पार्न सकिन्छ । यदि रोग अन्त फैलिएको छ भने किमोथेरापी र रेडियोथेरापी गरेर रोग नियन्त्रण गर्न सकिन्छ ।
हर्मोनको ट्याब्लेट टार्गेटेट थेरापीदेखि अन्य नयाँनयाँ प्रविधिमार्फत पनि उपचार गर्न सकिन्छ । 

Last modified on 2019-08-22 18:13:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts