सिंगापुर जानुअघि प्रधानमन्त्रीको निजी चिकित्सकद्वारा स्वास्थ्य अवस्था बारे जानकारी



Download our app to get more features

काठमाडौ, ५ साउन । सिंगापुर प्रस्थान गर्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको विवरण सार्वजनिक गरेकी छिन । डा. सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्री ओलीमा मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले  थप उपचारका लागि सिंगापुर जान लागेको उल्लेख छ । 

डा. सिंहले एन्टीबडीलाई शरीरबाट निश्कसन गरी निकाकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर जान लागेको विज्ञप्तिमा जनाएकी छिन् । 
‘सिंगापुरको न्याशनल यूनिभर्सिटी अस्पतालमा नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उहाँको मिर्गौलाका थप परीक्षण गर्ने र क्षमता अभिवृद्धि गर्न आवश्यक उपचार समेत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

१८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली २७ साउनमा नेपाल फर्किका थिए । नेपाल आएको दुई दिनपछि उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो । विहीबार साढे एक बजे उनी थाइ एयरको विमानबाट सिंगापुर प्रस्थान गरेका छन् । 

डा. दिव्या सिंहद्वारा जारी विज्ञप्ति

 

Last modified on 2019-08-23 08:54:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts