मन्त्री सहितको टोली हैजा प्रभावित क्षेत्रमाः  बिरामीको संख्या ८५ पुग्यो



Download our app to get more features

डडेल्धुरा, ५ भदौ  । डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएपछी सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री पठान सिँह बोहरा सहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको छ । 

नगरपालिका अन्तर्गत वडा नम्बर ८ को सानखोला, धादलीफाटा र गुप्तेगाडामा हैजाको महामारी फैलीएको खबर संचार माध्यममा आएपछी शुक्रवार मन्त्री बोहरा सहित डडेल्धुराका प्रमुख जिल्ला अधिकारी तथा सम्पुर्ण सुरक्षा निकाय, परशुराम नगरपालिका नगरप्रमुख र चिकित्सकको टोली प्रभावित क्षेत्रमा पुगेको होे । 

हैजाको प्रकोप अत्याधिक भएको खबर पाएपछी औषधी सहित टोली उक्त प्रभावित क्षेत्रमा पुगेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिए । ‘अहिले अनुगमन भइरहेको छ, अनुगमनबाट केही न केही निश्कर्ष निकाल्ने छौ’ उनले भने । 

बिरामीको संख्या ८५ पुग्यो
दुषित खानेपानीको कारण हैजा फैलिँदा ती तिन गाउँमा ८५ जना विरामी परेका छन । ति सबै विरामीमा गम्भीर खालको झाडापखाला अर्थात ‘हैजा’ देखीएको साँदनी स्वास्थ्य चौकीका प्रमुख आनन्दकुमार यादवले पुष्टी गरेका छन  । विहिवार सम्म एक जना गर्भवती ७ बालबालीका र अन्य ७३ जना गरी ८१ जना हैजाबाट संक्रमीत भएकोमा त्यो संख्या बढेर आज ८५ पुगेको उनले बताए  । 

‘गाउँबाट माथी रहेको मुहान दुषित भएकाले दुषित पानीबाट नै हैजा फैलिएको हो’ उनले भने ‘पानीमा दिशामा पाईने ‘कोलीफर्म’ अन्र्तगतको ‘भिब्रियो कोलेरा’ ले महामारी फैलीएको पाइएको छ ।’ ‘हैजा हो भन्ने पृष्टी भएकाले अहिले उपचार गर्दैछौ । धेरैलाई उपचार गरेर घर पठाइसके अहिले अवस्था समान्य छ’ उनले थपे ।

प्रभावित क्षेत्रबाट पानीको नमुना परिक्षणका लागी डडेल्धुरा अस्पतालमा पठाइएको थियो । उक्त नमुना ल्याबमा चेकजाँच गर्दा हैजा फैलाउने ‘भिब्रियो कोलेरा’ नामक ब्याक्टेरीया भेटीएको डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।

विगत ९ दिनबाट रातदिन स्वास्थ्यकर्मीको टोली उक्त स्थानमा काम गरीरहेको परशुराम नगरपालीका स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिए। ‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको हो । ‘हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं’ उनले भने ।

Last modified on 2019-08-23 08:53:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts