डेंगु र स्क्रबटाइफसका कारण चितवनमा चारको मृत्यु



Download our app to get more features

चितवन, १७ भदौ । डेंगु र स्क्रबटाइफसबाट चार जनाको उपचारको क्रममा  मृत्यु भएको छ । भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको हो ।     

जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो।

मृत्युहुनेमा गैँडाकोटका ७१ वर्षीय वृद्ध रहेका छन् । उनको डेंगुको कारण मृत्यु भएको हो। रौतहटबाट उपचारका लाागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको हो । 

जिल्लाका अस्पतालमा साउनयता एक हजार नौं सय आँठ जनाको डेंगु परीक्षण गर्दा ६ सय २३ जनामा सङ्क्रमण देखिएको केसीले बताए। जसमध्ये ४ सय ५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४ सय १४ जना भरतपुर महानगरपालिकाका रहेको उनको भनाइ छ ।     

केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ। महानगरमा सङ्क्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ।
 

Last modified on 2019-09-04 09:19:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts