चिकित्सक संघका सदस्यलाई निःशुल्क विशेषज्ञ कानूनी परामर्श



Download our app to get more features

काठमाडौं, १८ भदौ । नेपाल चिकित्सक संघमा आबद्ध सदस्यहरूलाई चिकित्सक संघले निःशुल्क विशेषज्ञ कानूनी परामर्शको व्यवस्था गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरी सो कानूनी परामर्श सेवाबाट लाभान्वित हुन सदस्यहरूमा अपिल गरेको छ । 

विद्यमान संशोधित मुलकी अपराध संहिता ऐन लगायतका चिकित्सकसँग सरोकार राख्ने कानूनी व्यवस्था बारे परामर्शका लिन सकिने संघले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चिकित्सक संघको आन्दोलन र दबाब पश्चात् मुलकी अपराध (संहिता) ऐनको इलाजसम्बन्धी दफामा केही परिमार्जन गर्न मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ मिति २ बैशाख ०७६ मा प्रमाणीकरण भएको हुनाले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले स्वास्थ्य सेवा प्रवाहमा संलग्न हुने वातावरण केही सहज भएको छ ।’


परिमार्जित संहिताको दफा १८९ मा उपदफा (२) र (४) थप गरी यस संहितामा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि अपराध संहिताको दफा २३१, २३२, २३३ र २३८ बमोजिमको कसूरको अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा पाँच सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । 

साथै अनुसन्धान समितिले कसूर गरेको प्रमाण भेटिएको खण्डमा मात्र मुद्दा चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयमा लेखी पठाउने व्यवस्था गरि परिमार्जन भएको विज्ञप्तिमा उल्लेख छ ।

Last modified on 2019-09-05 06:14:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts