प्रधानमन्त्रीलाई आराम गर्न दिनुहोस् : गगन थापा



Download our app to get more features

काठमाडौं, १८ भदौ । पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न दिन सभामुखलाई अनुरोध गरेका छन् । बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्ने क्रममा सांसद थापाले प्रधानमन्त्रीलाई कामको बोझ बढाइएको भन्दै उनी पनि मान्छे भएको कुरा नबिर्सन आग्रह गरे । 


उनले भने, ‘केही चिकित्सकले संकेत गर्नुभए जस्तो पटक पटक विदेश गएर केही समय बिश्राम गरेर उपचार गर्नुपर्ने भयो भने के गर्ने ? संविधानअनुसार कार्यकारी अधिकार मन्त्री परिषद्मा निहित छ र मन्त्री परिषद्को प्रमुख प्रधानमन्त्री हुनुहुन्छ । संसदको काम सिर्जना पनि प्रधानमन्त्रीबाटै हुन्छ । पछिल्ला दिन प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ । प्रधानमन्त्रीले यी सबैको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुई मत छैन । तर, इच्छाशक्ति मात्रै सबै थोक होइन । शारीरिक स्वास्थ्यले पनि धेरै थोक निर्धारण गर्छ ।’ सो क्रममा उनले आफ्नै पार्टीले यसअघिका सरकारमा यस्तै गल्ती दोहो¥याएको र त्यसबाट पाठ सिक्न आग्रह गरे ।' 

 साथै थापाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
 

Last modified on 2019-09-06 09:25:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts